Logo

दशैं आयो घुम्न जाने हो ? यी हुन स्वदेशदेखि विदेशसम्मका उपयुक्त गन्तब्य

दशैं आयो घुम्न जाने हो ? यी हुन स्वदेशदेखि विदेशसम्मका उपयुक्त गन्तब्य



काठमाडौं । नेपालीहरुको महान चाड दशैं लक्षित विदामा घुम्ने योजनामा हुनुहुन्छ भने आफू कुन गन्तव्यमा जान खोजेको हो सोही अनुसार स्थान एकिन गर्नुहोस । नयाँ ठाउँ र दृश्यमा रमाउने वातावरण खोज्नुस । जस्ले तपाईलाई बेग्लै अनुभुति दिलाउने छ ।

पछिल्लो समय नेपालीहरुको घुम्ने चलन बढेसँगै अधिकांश ट्राभल एजेन्सीजहरुले आकर्षक प्याकेजको घोषणा गरेको छन । तर तपाई आफै घुम्न जाने हो भने हामी कुन ठाउँ घुम्न जाने हो त्यसको केही टिप्स दिने कोसिस गर्ने छौं ।

यदी नजिकैको स्थानहरुमा घुम्न जाने हो भने सबै भन्दा पहिले आफ्नो झोला (रुक स्याक) तयार पार्नुहोस । झोलामा आफुलाई चाहिने लुगाहरु राख्नुहोस । स्टिक, क्याप, पानीको बोतल, केही सुख्खा खानेकुरा राख्न नविर्सनुहोस ।

अव यति गरे पछि कुन ठाउँ जाने भनेर तपाईले स्थान छनौंट गरिसकेको हुनु पर्छ । यदी छैन भने तपाईको बजेट अनुसार काठमाडौं नजिकै रहेको नगरकोट, धुलिखेल, ककनीलगायतका स्थानहरुमा जान सक्नु हुनेछ ।

यदी लामो बिदामा हुनुहुन्छ भने मुस्ताङ, रारा, घलेगाउँ बन्दीपूर, अन्नपूर्णबेस क्याम्प, पोखरा, बर्दिया, चितवनको सौराहा, ईलाम, दार्जिलिङ–सिक्किमलगायतका स्थानमा जाने हो भने बिभिन्न ट्राभल एजेन्सीजहरुले तपाईलाई सहयोग गर्ने छन । जहाँ एजेन्सीजहरुले साढे ५ हजार रुपैयाँ देखि २० हजार रुपैयाँसम्ममा तपाईलाई घुमाउन सक्नेछन ।

त्यस्तै धार्मिक स्थलहरुमा जाने हो भने मुक्तिनाथ, दोलखाको भिमेश्वर, कालिञ्चोक, पाथीभरा, सुदुर पश्चिमको बडीमालिका, बाग्लुङको कालिका मन्दिर, काभ्रको पलाञ्चोक भगवतीलगायतका रहेका छन । जहाँ तपाई सजिलै जान आउन सक्नु हुनेछ ।

आफ्नो समय अनुसार मुस्ताङको लागि ४ रात ५ दिन देखि ७ दिन सम्मको समय विताउन सक्नु हुनेछ । तर अन्नपूर्ण बेस क्याम्पको लागि भने कम्तिमा पनि ७ रात ८ दिनको समय लाग्ने छ । त्यस्तै अन्य स्थानको लागि पनि सोही अनुसार समय मिलाउनु पर्ने हुन्छ ।

त्यस्तै विदेश सयर गर्ने रहर भएका नेपालीहरुका लागि समेत ट्राभल एजेन्सीजहरुले साना ठूला प्याकेजको ब्यवस्था गरेका हुन्छन । जहाँ सिंगापुर, मलेसिया, दुबई, थाईल्याण्डलगायतका स्थानहरुमा घुम्न सकिनेछ ।

हुन त विदेशीले नेपालमा गर्ने खर्च भन्दा नेपालीले गर्ने खर्च पनि बढेको छ । एक विदेशीले नेपालमा रहँदा वस्दा दैनिक ३ हजार खर्च गर्छन भने नेपालीले दैनिक ५ देखी १० हजार रुपैयाँ सम्म खर्च गर्ने गरेको सम्बद्ध पर्यटन ब्यवसायीहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस्
MBL