Logo

सगरमाथाको द्वार जिरीमा हिलारी र सेर्पाको शालिक, विश्व पर्यटन दिवसको अवसरमा अनावरण

सगरमाथाको द्वार जिरीमा हिलारी र सेर्पाको शालिक, विश्व पर्यटन दिवसको अवसरमा अनावरण



काठमाडौं । प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको शालिक अनावरण हुने भएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा दोलखाको पर्यटकिय नगरी जिरीमा हिलारी र सेर्पाको शालिक अनावरण गर्ने गरि सबै तयारी पूरा भएको जिरी नगरपालिकाका मेयर टंक जिरेलले जानकारी दिएका छन ।

जिरेलका अनुसार विश्व पर्यटन दिवसको अवसरमा पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्प कमल दाहालले असोज १० गते उक्त शालिकको अनावरण गर्ने कार्यक्रम रहेको छ । प्रदेश नं. ३ सरकारको २५ लाख रुपैयाँ र नगरपालिकाको १० लाख रुपैयाँ गरि कुल ३५ लाख खर्चमा अढाई फिट अग्लो शालिक निर्माण गरिएको हो ।

मेयर जिरेलका अनुसार हिलारी र सेर्पाले सगरमाथा आरोहणको क्रममा बास बस्ने घरलाई समेत संग्रहालयको रुपमा विस्तार गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । उनका अनुसार चालु आर्थिक बर्ष भित्रै उक्त संग्राहलयको निर्माणकार्य सम्पन्न गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL