काठमाडौं । श्री एयरलाईन्सले ८५ बर्ष माथीका नेपाली नागरिकलाई ५ सय रुपैयाँमा यात्रा गराउने भएको छ । त्यस्तै कम्पनीले जेष्ठ नागरिक (७५ बर्ष माथीका) लाई ५० प्रतिशत छुट दिने भएको छ ।
कम्पनीले सोमबार एक विज्ञप्ती जारी गर्दै उक्त छुट दिने निर्याय भएको जानकारी दिएको हो । कम्पनीका अनुसार यात्रुहरुले आफ्नो प्रमाण पुग्ने डकुमेन्ट भने देखाउनुपर्ने छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले यस अघिनै जेष्ठनागरिकहरुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिन आग्रह गरेका थिए ।
श्री एयरले उक्त निर्णय दशैको घटस्थापनाको दिनबाट लागू गर्ने भएको छ । साथै सो सुविधा एक उडानमा २ जनालाई मात्र दिने भएको छ ।
