Logo

दशैं तिहार लक्षित क्राउन हिमालयज र राइनो लजले ल्यायो टूर प्याकेज, २३९९९ रुपैयाँको यस्ता छन् अफर

दशैं तिहार लक्षित क्राउन हिमालयज र राइनो लजले ल्यायो टूर प्याकेज, २३९९९ रुपैयाँको यस्ता छन् अफर



काठमाडौं । मोफसलका होटलहरुले चाडपर्व लक्षित नयाँ प्याकेजहरु ल्याएका छन् । दशैंमा पोखरा र चितवन घुम्न चाहनेका लागि पोखराको क्राउन हिमालयज र चितवनको राइनो लजले टुर प्याकेज ल्याएको हो ।

यी दुबै होटलले दशैंका बेला घुमौं पोखरा–चितवन भन्ने नारासहित २३ हजार ९ सय ९९ रुपैयाँको प्याकेज ल्याएको हो । यो नेपाली नागरिकलाई मात्रै लक्षित गरेर प्याकेज ल्याइएको क्राउन हिमालयजका निर्देशक आग्रह अर्यालले जानकारी दिए ।

विशेषगरी दशैंको समयमा दुई पर्यटकीय नगरीमा स्वदेशी पर्यटकलाई सस्तो मूल्यमा घुम्न पाउने अवसर दिन खोजिएको उनले बताए । ‘हामीले ४ रात ५ दिनको प्याकेज ल्याएका छौं,’ उनले भने, ‘राइनो लजमा २ रात र क्राउन हिमालयमा २ रातको बसाई हुनेछ ।’

यसैगरी प्याकेज अन्तरगत आन्तरिक पर्यटकले चितवनमा हात्ती सफारी, बर्ड वाचिङ, क्यानोई राइड र इलेफेन्ट ब्रिडिङ सेन्टरमा निशुल्क घुम्न पाउनेछन । साइट सिन, फेवातालमा एक घण्टा बोटिङ र एक जनालाई स्पामा २० प्रतिशत छुट हुनेछ भने दुबै होटलमा ब्रेकफास्ट निशुल्क हुनेछ ।

उनले पछिल्लो समयमा दशैंमा घुम्ने प्रचलन बढ्दै गएकाले आकर्षक प्याकेज ल्याएको बताए । ‘हाम्रो उदेश्य दशैंका बेलामा नेपालीहरुले विदेश होइन स्वदेशमै घुम्नुपर्छ भन्ने मान्यता अनुसार सस्तो प्याकेज ल्याएका हौं ।’ अर्यालले भने ।

उनका अनुसार दुबै होटलमा पिकअप र ड्रप निशुल्क हुनेछ । यो नोभेम्बर ३ तारिखसम्म मात्रै लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL