काठमाडौं । नेपाल वायु सेवा निगमले ७० बर्ष नाघेका वृद्धवृद्धालाई टिकट भाडामा ५० प्रतिशत छुट दिने भएको छ । निगमले जेष्ठ नागरिकको सम्मान स्वरुप ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने जानकारी दिएको हो ।
निगमले ७० बर्ष नाघेका वृद्धहरुलाई आजैदेखि लागु हुने गरी यो व्यवस्था सुरु गरेको जानकारी दिएको छ । जेष्ठ नागरिकले ७० वर्ष पुगेको प्रमाणित कागजात उपलब्ध गराए पछि ५० प्रतिशत छुटको टिकट निगमको कार्यालयबाट उपलब्ध गराइने निगमले जानकारी दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले घोषणा गरेको कार्यक्रमहरुमध्ये ५० प्रतिशतको छुट समेत समावेश भएकाले निगमले त्यसलाई कार्यरुपमा ल्याउन ५० प्रतिशत छुटको व्यवस्था गरेको हो ।