Logo

कैलाश हेलिकोप्टरको लापरवाही, उडिरहेको हेलिकोप्टरबाट खस्यो सामान

कैलाश हेलिकोप्टरको लापरवाही, उडिरहेको हेलिकोप्टरबाट खस्यो सामान



काठमाडौं । फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकोप्टरबाट सामाग्री खसेको स्थानीयले जानकारी दिएका छन ।

फालु विमानस्थलबाट स्याङ्बोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सिरकलगायतका सामग्री झरेको स्थानीयहरुको भनाई रहेको छ ।

हेलिकोप्टरबाट सामग्री झरेको भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन । कार्गो उडान कम्पनीको लापरवाहीका कारण सामग्री झरेको उनीहरुको आरोप छ ।

प्रमुख निल्ला अधिकारी बेदनिधि खनालका अनुसार आफुलाई स्थानीयवासीले फोन गरेर उडिरहेको हेलिकोप्टरबाट सामग्री खसेको जानकारी दिएको बताएका छन । कम्पनीले सामग्री ढुवानी गर्दा विशेष सावधानी नअपनाउदा उक्त घटना घटेको प्रजिअ खनालले जानकारी दिएका हुन ।

कम्पनीको सानो कमजोरीले ठूलो दुर्घटना हुने प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाको भनाइ छ । सामान ढुवानी गर्दा सुरक्षालाई विशेष ध्यान दिनुपर्ने भए पनि कम्पनीले ध्यान नदिँदा घटना भएको चिमोरियाको भनाई रहेको छ ।

कैलाश एयरका कर्मचारी बिलक श्रेष्ठले भने अञ्जानमा गल्ती भएकाले त्यसलाई सुधार्ने बताएका छन । उक्त घटना नियोजित नभई प्राविधिक कमजोरीका कारण सिरकको पोको झरेकाले आउँदा दिनमा सुधार्ने श्रेष्ठले बताए ।

तर स्थानीयले भने विगतमा समेत त्यसैगरी सामग्री झरेको आरोप लगाएका छन । उक्त हेलिकोप्टर क्याप्टेन आशिष शेरचनले उडाएका थिए/रासस

प्रतिक्रिया दिनुहोस्
MBL