Logo

निजगढ विमानस्थललाई बाधक बन्दै टाँगिया बस्ती, बस्ती स्थान्तरणको अझै लागेन टुङ्गो

निजगढ विमानस्थललाई बाधक बन्दै टाँगिया बस्ती, बस्ती स्थान्तरणको अझै लागेन टुङ्गो



काठमाडौं । निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि टाँगिया बस्ती नहटाएसम्म कुनै पनि काम अघि नबढ्ने भएको छ । सरकारले उक्त बस्तीलाई स्थान्तरण गर्न हालसम्म कुनै निर्णय दिन नसक्दा निर्माणकार्यमा समेत ढिलाई हुँदै गएको छ ।

सो क्षेत्रमा पर्ने जग्गाको मुआब्ज वितरण ७५ प्रतिशत सम्पन्न भए पनि उक्त बस्तीलाई स्थान्तरण गर्ने विषयले टुङ्गो नपाउँदा कुनै पनि काम अघि बढ्न नसकेको आयोजना प्रमुख ओमशर्माले जानकारी दिएका छन ।

उनका अनुसार सरकारले टाँगिया बस्तीलाई स्थान्तरण गरि सकेसम्म कम रुख कटान गरेर पहिलो चरणको काम सम्पन्न गर्ने तयारी गरे पनि हाल सम्म सो बस्तीलाई स्थान्तरण गर्न सकेको छैन । तर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले भने आर्थिक बर्ष २०७६/७७ भित्रै उक्त विमानस्थल निर्माणको लागि शिलन्यास गर्ने बताउँदै आएका छन ।

त्यस्तै उनले सो क्षेत्रमा विमानस्थल बनाउनका लागि सरकार लागि परेको बताउँदै २५ लाख रुख कटानको विषयमा भने सो तथ्याङ्क निराधार भएको समेत सबैलाई जानकारी दिईसकेका छन । सो क्षेत्रमा कम रुख कटान गर्नका लागि स्थलगत भ्रमणमा जान समेत मन्त्री भट्टराईले आग्रह गर्दै सोही स्थानमा विमानस्थल बनाउनबाट सरकार पछि नहट्ने बताउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL