Logo

गौतमबुद्ध विमानस्थलको काम ७३ प्रतिशत सकियो, समयमै सक्न मन्त्री भट्टराईको निर्देशन

गौतमबुद्ध विमानस्थलको काम ७३ प्रतिशत सकियो, समयमै सक्न मन्त्री भट्टराईको निर्देशन



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल समयमै सकाउन निर्देशन दिएका छन ।

उनले बिहीबार उक्त विमानस्थलको स्थलगत अनुगमण गरे पछि यही डिसेम्बर भित्रै संचालनमा आउने गरी काम सकाउन निर्देशन दिएको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिएका छन ।

अधिकारीका अनुसार सो विमानस्थल निर्माणमा खटिएका तथा सम्बन्धित स्टेकहोलडरहरुलाई समेत जिम्वेवारीपूर्ण ढंगबाट काम गर्न निर्देशन दिएका छन । हाल उक्त विमानस्थलको काम ७३ प्रतिशत भन्दा बढी भौतिक निर्माणको काम सम्पन्न भए पनि बाकी काम भने समयमै सकाउन मन्त्री भट्टराईले निर्देशन दिएको हो ।

उक्त विमानस्थल निरिक्षणको क्रममा पुगेका मन्त्री भट्टराई, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन राज पोखरेल तथा स्थानीय सरोकारवालालगायतले अबको दिनमा आउने चुनौतिको विषयमा समेत छलफल गरेको अधिकारीले जानकारी दिएका छन ।

फोटो साभार : चन्द्र पाठकको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्
MBL