Logo

यती एयरलाईन्सको जहाज धावनमार्गबाट चिप्लियो, सबै यात्रु सकुसल

यती एयरलाईन्सको जहाज धावनमार्गबाट चिप्लियो, सबै यात्रु सकुसल



काठमाडौं । यती एयरलाईन्सको एटीआर–७२ जहाज अवतरणको क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआईए) को धावनमार्गमा चिप्लिएको छ ।

नेपालगञ्जबाट यात्रु बोकेर आएको उक्त जहाज विमानस्थलको धावनमार्गमा चिप्लिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले् जानकारी दिएका छन ।

शुक्रबार विहान भएको सो दुर्घटनामा कुनै मानविय क्षती नभएको यती एयरले जानकारी दिएको छ । कम्पनीका अनुसार जहाजमा सवार सबै यात्रुलाई सकुसल बाहिर निकालिएको छ । उक्त जहाजमा ६६ जना यात्रु सवार रहेका थिए ।

विमानस्थलको धावनमार्गमा जहाज चिप्लिएपछि अहिले विमान उडान अवरुद्ध भएको विमानस्थलले जानकारी दिएको छ । विमानस्थल प्रमुख क्षेत्रीका अनुसार बर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL