काठमाडौं । पर्यटन प्रहरी इकाई प्रमुख अमृत बहादुर बस्नेतले मोबाईल कभरेज नभएको अवस्थामा पनि पर्यटकको उद्दार गर्न सकिने बताएका छन ।
उनले पर्यटक मोबाईल एप उद्घाटन कार्यक्रममा बोल्दै मोबाईल कभरेज नभएको अवस्थामा पनि ईनटरनेट सेवा मार्फत पर्यटकको उद्दार गर्न सकिने गरी एप निर्माण भएको बताएका हुन । साथै उक्त एप मार्फत कुन पर्यटक कता जाने भनेर समेत तथ्याङ्क राख्न सकिनेछ । पर्यटन विभागको सहयोगमा उक्त एप निर्माण गरी हाल २७ स्थानमा रहेको आफ्नो सबै शाखामा सुचना प्रभाह गरी पर्यटकको एकिन तथ्याङ्क राख्ने काम गर्ने बताएका हुन ।
कुनै स्थानमा पर्यटक हराएमा वा आफन्तसँग सम्पर्कमा नआएमा त्यस्ता सुचनालाई मोबाईल एप मार्फत प्राप्त गर्न सकिने गरी उक्त एप बुधबार सार्वजनिक गरेको हो । ठमेल विकास परिषदका अध्यक्ष राजुमान डंगोलले भने ठमेल क्षेत्रमा हुने चोरी पैठारी, यौन हिंसा, दुब्र्यसन वा अन्य गलत गतिविधि रोक्न पनि पर्यटक प्रहरीको आवश्यक रहेको बताएका छन ।
हामी जस्तो सुकै सहयोग गर्न सक्छौं तर पर्यटक प्रहरीको काम कर्तब्य के हो भनेर यहाँका स्थानीय, पर्यटक, तथा ब्यवसायीहरुलाई थाहा नभएको अवस्थामा जुन यो मोबाईल एप आएको छ जस्ले धेरै सहयोग पुग्ने छ । यस मोबाईल एप कति डाउनलोड हुने र कतिले प्रयोगमा ल्याउन सकिन्छ त्यो भने हेर्न बाँकीनै छ महानगरीय प्रहरी प्रमुख शैलेन्द्र थापाले भने ।
त्यस्तै पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले भने पर्यटक प्रहरीले धेरै काम गरेको बताउँदै पर्यटन पूर्वधारमा महत्वपूर्ण योगदान गरेको बताए । उनले पर्यटकिय क्षेत्र ठमेलमा सार्वजनिक शौचालय समेत नभएकाले विभागले आगामी आर्थिक बर्षमा शौचालय निर्माणको लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।