Logo

पर्यटन बर्ष नजिकिएसँगै होटल रेष्टुराँ खुल्ने क्रम बढ्यो, ४ महिनामा ४६६ होटल दर्ता

पर्यटन बर्ष नजिकिएसँगै होटल रेष्टुराँ खुल्ने क्रम बढ्यो, ४ महिनामा ४६६ होटल दर्ता



काठमाडौं । भिजिट नेपाल २०२० नजिकिएसँगै होटल रेष्टुराँ खुल्ने क्रम बढेको छ । पछिल्लो समय ठूलाभन्दा पनि क्षेत्रीय रुपमा साना होटल तथा रेष्टुराँ खुल्ने क्रम बढेको कम्पनी रजिष्टारको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो ४ महिनमा मात्र ४ सय ६६ होटल तथा रेष्टुराँ दर्ता भएको छ । सरकारले २०२० लाई भ्रमण वर्ष मनाउने तथा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएसँगै क्षेत्रीय रुपमा साना होटल तथा रेष्टुराँ खुल्ने क्रम बढेको हो ।

पछिल्लो समयमा कम्पनी रजिष्टारमा साना होटल तथा रेष्टुँरा दर्ताको क्रम बढे पनि ठूला होटलमा भने लगानी घट्दै गईरहेको कम्पनी रजिष्टार कार्यालयको तथ्याङकमा उल्लेख छ । ठूला होटल संचालनका लागि २÷३ बर्ष अघि नै दर्ता गर्नुपर्ने र अहिले दर्ता गरेर संचालनमा ल्याउन नसकिने भएकाले साना होटल खुल्ने क्रम बढेको हो ।

कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पछिल्लो ४ महिनामा दुई ओटा मात्रै दर्ता भएको छ । ५० करोड रुपैयाँ लगानीमा दर्ता भएका होटल वण्डरल्याण्ड र होटल विरगञ्ज ल्पाजा मात्रै रहेको छ ।

२५ करोड रुपैयाँभन्दा माथीको लगानी रहेको होटल तथा रेष्टुँराको संख्या भने ३ ओटा रहेका छन । जुन स्वर्णिम होटल पोखरा, डली होटल विथ रेष्टुरेन्ट र रोयल मण्डले होटल पर्सा रहेका छन ।

त्यस्तै १ करोड रुपैयाँभन्दा माथी २५ करोड रुपैयाँसम्म अधिकृत पूँजी भएका होटलको संख्या १ सय रहेका छन भने ५० लाख देखी १ करोड रुपैयाँसम्म लगानी भएका होटलको संख्या भने १ सय २६ ओटा रहेका छन ।

५० लाख रुपैयाँसम्म अधिकृत पूँजी भएका होटलको संख्या भने २ सय ३४ ओटा रहेका छन । होटल एशोसिएसन अफ नेपाल (हान) ले भने यस अघिनै २० लाख पर्यटक धान्न सक्ने होटल रहेको बताउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL