Logo

मजदूर हड्तालका कारण ह्यात होटल बन्द, नेप्सेलाई गरायो जानकारी

मजदूर हड्तालका कारण ह्यात होटल बन्द, नेप्सेलाई गरायो जानकारी



काठमाडौं । मजदुर युनियनको हड्तालका कारण ह्यात होटल बन्द भएको छ । तारागाउँ रिजेन्सी होटल्सले मजदूर हड्तालका कारण ह्यात होटल बन्द गर्नुपरेको नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको छ ।

होटल्सले नेप्सेलाई पत्र लेख्दै जेठ ३० गतेदेखि मदूरहरुले गैरकानुनी रुपमा हड्ताल र नाराजुलुस गरेका कारण होटलका सम्पूर्ण सेवा र व्यवस्थापनको प्रशासनिक काम कारवाही प्रभावित भएर होटल बन्द गर्नुपरेको जानकारी दिएको छ ।

अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदूर संघले होटलमा कार्यरतम १ देखि ४ तहसम्मका कर्मचारीलाई जवर्जस्ती साथमा लिई आफ्ना अनावश्यक माग पुरा गराउन होटलमा नारावाजी र हड्ताल गरेका कारण होटलले आवश्यक सेवा सुविधा पुर्याउन नसक्ने स्थिती भएकाले रिजर्भेसन समेत बन्द गर्न व्यवस्थापन बाध्य भएको जानकरी दिएको छ ।

होटल बन्द भएसँगै तारागाउँ रिजेन्सी होटलको सेयरमुल्यमा समेत प्रभाव पर्ने भएको छ । सोमबार होटलको सेयरमूल्य प्रतिकित्ता २ रुपैयाँले ३२१ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्