Logo

होटल हायातमा मजदूर आन्दोलन, दर्शक बन्दै विदेशी पर्यटक, पर्यटन बर्ष २०२० लाई असर

होटल हायातमा मजदूर आन्दोलन, दर्शक बन्दै विदेशी पर्यटक, पर्यटन बर्ष २०२० लाई असर



काठमाडौं । पाँच तारे होटल हायात रिजेन्सीमा मजदूरको हड्ताल सुरु भएको छ । पर्यटन बर्ष २०२० नजिकिँदै गर्दा होटल हायातमा मजदूरको आन्दोलन सुरु भएको छ ।

चरणवद्ध तरिकाले आन्दोलन सुरु गरेका मजदूरहरुले बिहीबार ४ घण्टाका लागि रिले अनसन तथा नाराबाजी गर्ने भएका छन् । होटल व्यवस्थापनले मजदूरसँग भएको सम्झौता पालना नगरेको तथा मजदूरहरुलाई आफुखुशी निकाल्न थालेको आफ्नो हकहितका लागि आन्दोलन गरिएको नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुराँ मजदूर युनियनका महासचिव लक्ष्मण तिवारीले जानकारी दिए । ‘अहिले मजदूर साथीहरु एक ठाउँमा जम्मा भएर आन्दोलन गरिरहनु भएको छ,’ उनले भने, ‘यो केही समयको लागि हो व्यवस्थापनसँग कुरा मिल्यो भने आन्दोलन रोकिन्छ ।’

मजदूरहरुले शान्तिपूर्ण आन्दोलन गरेको बताएपनि व्यवस्थापन स्रोतले भने आन्दोलनका कारण पाहुनाहरुलाई होटलमा राख्न तथा सर्भिस दिन नसकिएको जानकारी दिएको छ । मजदूर आन्दोलनकै कारण अहिले स्वदेशी तथा विदेशी पर्यटक बाहिर बस्न बाध्य भएका छन् ।

मजदूर हड्तालका कारण होटलमा धेरै विदेशी पर्यटकहरु बाहिरै अलपत्र परेको प्रत्यक्षदर्शीका रुपमा होटलमा पुगेका ट्राभल तथा म्यानपावर व्यवसायी बलबहादूर तामाङले जानकारी दिए । ‘म आफ्नो गेष्ट राख्न होटल पुगेको थिए,’ उनले भने, ‘तर त्यहाँ मजदूरको आन्दोलनका कारण धेरै विदेशी पर्यटकहरु बाहिरै बसेर आन्दोलनको रमिता हेरिरहेका छन् ।’

होटलमा भएको आन्दोलनका कारण सरकारले मनाउन लागेको भिजिट नेपाल २०२० लाई समेत असर पर्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL