Logo

जोमसोम विमानस्थलको धावनमार्ग मर्मत गरिँदै, जोमसोम–पोखरा उडान १४ दिनका लागि बन्द

जोमसोम विमानस्थलको धावनमार्ग मर्मत गरिँदै, जोमसोम–पोखरा उडान १४ दिनका लागि बन्द



काठमाडौं । जोमसोम पोखरा उडान १४ दिन बन्द हुने भएको छ । जोमसोम विमानस्थलको धावनमार्ग मर्मतका लागि समयतालिका अनुसार २५ गतेदेखि असार ६ गतेसम्म पोखरादेखिको उडान अवरुद्ध हुने भएको हो ।

उक्त समयमा पोखरा जोमसोम उडान स्थगित गरिएको जोमसोम विमानस्थल स्रोतले जानकारी दिएको छ । जोमसोम विमानस्थलको धावनमार्ग पुरानो तथा जिर्ण भएकाले धावनमार्ग मर्मत गर्नुपर्ने भएको हो ।

सोही अनुसार तालिकाका आधारमा जेठ २५ गतेदेखि असार ६ गतेसम्मका लागि पोखरा जोमसोम उडान अवरुद्ध हुने विमानस्थल स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL