Logo

हिमालय एयरले भियतनाम एयरलाई भाडामा दियो जहाज, शुक्रबार पठाउने तयारी

हिमालय एयरले भियतनाम एयरलाई भाडामा दियो जहाज, शुक्रबार पठाउने तयारी



काठमाडौं । हिमालय एयरले बेम्बो एयरलाई शुक्रबार भियतनाम पठाउने भएको छ ।

कम्पनीले नेपालमा अफसिजन भएको भन्दै उक्त विमानलाई १ बर्षको लागि भियतनाम एयरलाई भाडामा दिन लागेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिएका छन ।

भियतनाम एयरलाई भाडामा दिने भए पनि कति रकममा दिन लागेको भने उनले सार्वजनिक गर्न चाहेनन् । हाल ३ ओटा जहाजमार्फत अन्तरराष्ट्रिय उडान गर्दै आईरहेको हिमालय एयरले आर्थिक संकटमा पर्न लागे पछि बेम्बो जहाजलाई लिजमा दिन लागेको हो ।

उक्त जहाज भाडामा दिने भए पछि कम्पनीले २ ओटा जहाजमार्फत आफ्नो उडान गर्ने छ । केही समय देखी विमानस्थललाई बुझाउनु पर्ने बक्यौता बापतको रकम बुझाउन नसके पछि उक्त जहाजलाई भाडामा दिन लागेको कम्पनीका एक उच्च अधिकारीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL