Logo

शाखा विस्तार गर्दै ओयो होटल, चितवन देखी नेपालगञ्जसम्म पुग्यो

शाखा विस्तार गर्दै ओयो होटल, चितवन देखी नेपालगञ्जसम्म पुग्यो



काठमाडौं । ओयो होटलले आफ्नो शाखा विस्तार गर्दै लगेको छ । काठमाडौं उपत्यकाबाट सुरु गरेको उक्त होटल अहिले पोखरा, धुलिखेल, भक्तपुर, नगरकोट, चितवन, बिराटनगर, हेटौंडा, नेपालगञ्ज र धनगडीमा समेत विस्तार भएको छ ।

चिनको दोश्रो सबै भन्दा ठूलो र विश्वकै छिटो बढ्ने, फ्रान्चाइज होटल, घर र वास स्थलहरुको सञ्जाल ओयो होटलस् र होमस्ले विस्तार गर्दै लगेको हो । ओयोले संचालन गरेको उक्त सञ्जालमा हाल २ सय भन्दा बढी होटलहरु रहेको छ ।

आदित्य घोष, इन्डिया र दक्षिण एसिया, ओयो होटलस् र होमस्को प्रमुख कर्यकारी अधिकृतले भने, ‘हामीले नेपालमा सेवा सञ्चालन गरे पछि नेपालको आतिथ्य उद्योग र त्यसका अवसरहरुबाट धेरै कुरा सिकेका छौं ।’

आदित्य घोषका अनुसार कम्पनीले हालै भारत र दक्षिण एसियाको लागि १४ करोड भारु लगानी गरेको छ । उनले भने, ‘नेपाल रणनीतिक बजार भएको हुनाले हामी हरेक प्रकारको अचल सम्पत्तिहरुमा महत्व थपेर नेपालको आतिथ्य उद्योगलाई परिवर्तन गर्न धेरै मेहेनत गरेर काम गरिरहेका छौं ।’

औसतमा ओयोको सञ्जालसँग आवद्ध हुने होटलहरुले ६५ प्रतिशतसम्म पर्यटकहरु पाईरहेका छन । ओयोले नेपालमा पर्यटक भित्र्याउन र भिजन २०२० लाई सफल पार्न समेत सहयोग पुर्याउने प्रतिबद्धता ब्यक्त गरेका छन । कम्पनीले नेपालमा सेवा सुरु गरेपछि बजार विस्थापन गरेर २ सय ओटा फ्रान्चाइजड र ओयो ब्रान्डेड होटलहरु थपेका छन ।

प्रतिक्रिया दिनुहोस्