काठमाडौं । नेपाल एयरलाएन्सका वरिष्ठ क्याप्टेन तथा प्रवक्ता विजय लामा निलम्बनमा परेका छन । एक युट्यूब च्यानलमा विवादास्पद अन्तर्वार्ता दिएका कारण उनलाई निगमले निलम्बन गरेको हो ।
केही समयअघि एक युट्यूब च्यानलमा अन्तर्वार्ता दिने क्रममा उनले आफू मानसिक तथा शारीरिक तनावमा रहने र राम्रोसँग निद्रा पनि नलाग्ने बताएका थिए ।
निगमले सार्वजनिक मिडियामा नेपाल वायुसेवा निगमको आन्तरिक विषय सार्वजनिक गरेको र यात्रुको सुरक्षामा ध्यान नदिएको भन्दै पाइलट लामाबारे छानबिन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणले छानबिन समिति गठन गरेको थियो ।
उक्त समितिले क्याप्टेन लामाले यात्रुलाई ध्यान नदिएको र मानसिक तनावमा रहेकाले निलम्बन गर्नका लागि निगमलाई आदेश दिएको थियो ।
सोही आदेशअनुसार उनलाई निलम्बन गरिएको निगमका एक उच्च कर्मचारीले जानकारी दिएका छन । उनी हाल प्रवक्ताको पदमा भने रहने उक्त स्रोतले जानकारी दिएको छ । तर प्रवक्ताको पदमा रहँदासम्म जहाज उडाउन पाउनेछैनन ।