काठमाडौं । अब पर्वतारोहीले अनुमती विना ड्रोन प्रयोग गरेमा कारवाही गरिने भएको छ । पर्यटन बोर्डले पर्वतारोहण अनुमती लिएका पर्वतारोहीले विना अनुमती ड्रोन प्रयोग गरेमा कारवाही गर्ने जानकारी दिएको छ ।
बोर्डले हालसम्म अनुमती विना ड्रोन उडाउनेको ड्रोन जफत गरिँदै आएको र सोही अनुसार अव फेरी उडाए पनि जफतका साथै कारवाही गर्ने जानकारी दिएको छ ।
हालसम्म सगरमाथा राष्ट्रिय निकुञ्जले अनुमती नलिई प्रयोग गरिएका ड्रोनहरु जफत गर्दै आईरहेको छ । कुनै पनि पर्वतारोहीले अनुमती नलिई ड्रोनको प्रयोग गरिएको पाईएमा पर्वतारोही, प्रयोगकर्ता तथा सम्बन्धीत एजेन्सीलाई समेत कारवाही गरिने बोर्डले जानकारी दिएको छ ।
अनुमती विना ड्रोन प्रयोग गर्ने पर्वतारोहीले पर्वतारोहण अनुमती लिएको निकायलाई पनि बोर्डले कारवाही गर्ने भएको छ ।