Logo

पर्यटन प्रवर्धन गर्न पाकिस्तानमा नेपाली खाद्य महोत्सव, नेपाली सीप उपयोगी हुने

पर्यटन प्रवर्धन गर्न पाकिस्तानमा नेपाली खाद्य महोत्सव, नेपाली सीप उपयोगी हुने



काठमाडौं । नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेश गरेको अवसरमा पाकिस्तानमा नेपाली खाद्य महोत्सवको आयोजना गरिएको छ ।

राजधानी इस्लामावाद, आर्थिक नगर कराँची र सांस्कृतिक शहर लाहोरमा आयोजित उक्त महोत्सवमा नेपालको साङ्गीतिक समूह ‘कुटुम्ब’ले विविध साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेको इस्लामावादस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार पाकिस्तानका विदेशसचिव जञ्जुले पाकिस्तानको पर्यटन प्रवर्धनमा नेपालको अनुभव र सीप उपयोगी हुने विचार व्यक्त गरेका छन ।

गत बिहीबार सम्पन्न ९ दिवसीय उक्त महोत्सवको पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्साल र पाकिस्तानका विदेशसचिव तेहेमिना जञ्जुले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

सो अवसरमा राजदूत लम्सालले दुई देशबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू क्रियाशील रहेको बताएका छन /रासस

प्रतिक्रिया दिनुहोस्