Logo

उच्च स्थानमा उडान भर्न नयाँ जहाज किन्दै हिमालय एयरलाईन्स, अब दुबईको आबुधावीमा दैनिक उडान

उच्च स्थानमा उडान भर्न नयाँ जहाज किन्दै हिमालय एयरलाईन्स, अब दुबईको आबुधावीमा दैनिक उडान



काठमाडौं । हिमालय एयरलाईन्सले दुबईको आबुधावीमा पहिलो पटक दैनिक उडान गर्ने भएको छ ।

मार्च ३१ बाट उडान सुरु गरेको कम्पनीले हप्तामा ३ उडान गर्दै आईरहेको छ । कम्पनीका अनुसार अप्रिल २४ देखी भने काठमाडौं आबुधावी दैनिक उडान गर्ने भएको हो ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित अन्तरराष्ट्रिय क्षेत्रमा उडान भर्दै आएको हिमालय एअरलाइन्सले उडान क्षेत्रलाई विस्तार गर्दै आबुधावी दैनिक उडान सुरु गर्न लागेको कम्पनी उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिएका छन ।

कम्पनीको एचनाइन ५६७ जहाजले काठमाडौंबाट अबुधाबीको लागि उडान गरिरहेको छ । युएईका लागि स्थानीय बजार व्यवस्था कार्य हेर्न कम्पनीले फिशटेल ट्राभल एण्ड टुरिजमलाई नियुक्त गरेको छ ।

प्रिमियम इकोनोमी क्लासको ८ र इकोनोमी क्लासको १५० गरी कुल १५८ सिट क्षमता भएको जहाजमार्फत दैनिक उडान गर्न लागेको हो । बिदा, व्यावसायीक यात्रा तथा छोटो बसाइलाई मध्य नजर गर्दै उडानको तालिका तयार गरेको श्रेष्ठले जानकारी दिएका छन ।

हाल कम्पनीले कतारको दोहा, मलेसियाको क्वालालम्पुर, दुबई र साउदीअरेबियाको दमाममा उडान भर्दै आईरहेको छ भने अब अबुधाबी नयाँ गन्तव्य बनेको छ । उक्त स्थानहरुमा ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी एयरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ ।

सन् २०१९ मा हिमालय एअरलाइन्सले चीन कनेक्टिभीटीलाई मध्यनजर गर्दै बेइजिङलाई आफ्नो सञ्जालमा जोड्ने र आफ्नो विस्तार अन्य शहरहरु नाङचाङ, वुहान, चाङ्सा, न्यानिङसम्म पुर्याउने योजना समेत बनेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिएका छन ।

श्रेष्ठका अनुसार केही समयमानै ल्हासाजस्ता उच्च स्थानमा उडान भर्नका लागि कम्पनीले ए ३१९ जहाज खरिद गर्ने भएको छ । उक्त जहाज केही समयभित्रै नेपाल ल्याईने समेत कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL