Logo

सगरमाथा आरोहीको संख्या बढ्दै २४६ पुग्यो, पच्छ्याउँदै लोत्से र आमादब्लम, साढे ३२ करोड राजस्व संकलन

सगरमाथा आरोहीको संख्या बढ्दै २४६ पुग्यो, पच्छ्याउँदै लोत्से र आमादब्लम, साढे ३२ करोड राजस्व संकलन



काठमाडौं । यस बर्ष सगरमाथा हिमाल आरोहण गर्ने पर्यटकको संख्यामा बृद्धि भएको छ । सोमबार सम्ममा सो हिमाल आरोहणको लागि २ सय ४६ जनाले अनुमति लिईसकेको पर्यटन विभागले जानकारी दिएको छ ।

सगरमाथा लगायतका १८ हिमाल आरोहणका लागि हाल सम्म ५८ समुहको ५ सय ६ जनाले अनुमति लिईसकेका छन । सगरमाथा आरोहणको लागि २ सय ११ जना पुरुष रहेका छन भने ३५ जना महिला रहेको विभागले जानकारी दिएका छन ।

सगरमाथा आरोहणको लागि २४६ जनाले अनुमति लिएका छन पछ्याउँदै गरेका लोत्से हिमाल आरोहण गर्ने पर्यटकको संख्या ४७ जना रहेको छ भने आमादब्लम आरोहणको लागि ४१ जनाले अनुमति लिईसकेको विभागले जानकारी दिएको छ ।

कन्चनजंघा ३२, मकालु ३०, नुत्प्से २७, अन्नपुर्ण २३, सारीबुङ १२, पुमोरी ११, चामालाङ १०, पासङल्हमु, थापापिक, लाङटाङ लिरुङ, कुम्भकर्ण, हिमलुङ, हिमजुङ, ग्याल्जेन पिक, छोपाबामरे गरी २७ जनाले अनुमति लिएको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार ५ सय ६ जना पर्यटकबाट ३२ करोड ६८ लाख ८७ हजार ४ सय ६२ रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्