Logo

सगरमाथा चढ्न अनुमति लिनेको संख्यामा उच्च वृद्वि, पच्छ्याउदै लोत्से, २६ करोड राजस्व संकलन

सगरमाथा चढ्न अनुमति लिनेको संख्यामा उच्च वृद्वि, पच्छ्याउदै लोत्से, २६ करोड राजस्व संकलन



काठमाडौं । हिमाल आरोहणको सिजन सुरु भएसँगै हिमाल आरोहणको लागि अनुमति लिने पर्यटकको संख्यामा उच्च बृद्धि भएको छ । मार्च ३१ सम्ममा २१ समुहको १५१ जनाले नाम दर्ता गराएकामा अहिले सो संख्या बढेर ४६ समुहबाट ४ सय १९ जना पुगेको छ ।

पर्यटन विभागको तथ्याङक अनुसार सबै भन्दा बढी सगरमाथा आरोहणको लागि १९ समुहको १ सय ९३ जनाले अनुमति लिईसकेका छन । शुक्रबार सम्मको तथ्याङक अनुसार ४ सय १९ जनाले विभिन्न हिमाल आरोहणको लागि अनुमति लिएको हो ।

सगरमाथासँगै लोत्से, मकालु र आमादब्लम आरोहीको आकर्षणमा परेको विभागले जानकारी दिएको छ । लोत्से हिमाल आरोहणको लागि ३५ जनाले अनुमति लिईसकेका छन भने मकालु र आमादब्लमका लागि ३०÷३० जनाले अनुमति लिईसकेका छन ।

आरोहीको आकर्षणमा परेका अन्य हिमालमा भने कन्चनजंघा ३२ जना, अन्नपूर्ण २३, नुत्प्से २७, सारीबुङ १२, पुमोरी ११, चामालाङ १० जना रहेका छन । शुक्रबार सम्ममा १५ ओटा हिमाल आरोहण गर्न अनुमति लिने पर्यटकबाट मात्रै २५ करोड ८६ लाख २८ हजार ८ सय ३७ रुपैयाँ राजस्व संकलन भएको विभागले जानकारी दिएको छ ।

छोपाबामरे, कुम्भकर्ण पासङल्हमु, थापा पिक तथा ग्याल्जेन पिकको लागि जम्मा १६ जनाले अनुमति लिएको विभागले जानकारी दिएको छ । जस मध्य ग्याल्जेन पिकको लागि भने अभिल्लो शुक्रबारनै आरोहणको लागि गईसकेको छ ।

समुह २ संख्या ६ जना मात्रै ?

ग्याल्जेन पिक आरोहणको लागि अघिल्लो हप्ता नै टोली गएको भए पनि विभागले भने २ समुहको ६ जनाको संख्या मात्रै सार्वजनिक गरेको छ । प्रदेश नं. ३ का उद्योग, पर्यटन वन तथा वातवरण मन्त्री अरुण नेपालले उक्त पिकको लागि २ समुहको ८ जना रहेको बताएका छन ।

सगरमाथा आरोही माया गुरुङको संयोजकत्वमा ६ जना र माधब सापकोटाको समुहमा २ जना रहने गरी आरोहणका लागि गएका हुन । प्रदेश नं. ३ का पर्यटन मन्त्री नेपालले भने अघि र पछि गरेर विभागबाट स्वीकृति लिएर नै गएको बताएका छन । संख्यामा के भयो आफुलाई त्यसबारे जानकारी नभएको समेत नेपालले बताए ।

तर विभागका महानिर्देशक डण्डुराज घिमिरेले भने यस बारे आफुले बुझने बताएका छन । उक्त हिमाल (पिक) आरोहणको लागि प्रदेश सरकारले ४० लाख रुपैयाँ दिने भएको छ भने अरु रकमका लागि संघ संस्थामार्फत जम्मा गरिने समेत मन्त्री नेपालले जानकानरी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्