Logo

हिमाल आरोहीबाट पौने २२ करोड रोयल्टी संकलन, सगरमाथा चढ्न अनुमति लिने १६१ पुगे

हिमाल आरोहीबाट पौने २२ करोड रोयल्टी संकलन, सगरमाथा चढ्न अनुमति लिने १६१ पुगे



काठमाडौं । २०१९ मा हिमाल आरोहण गर्नका लागि ३९ समुहको ३४८ जनाले नाम दर्ता गराएका छन ।

यसरी हिमाल आरोहणको लागि नाम दर्ता गराएका पर्यटकबाट बुधबार सम्ममा मात्रै २१ करोड ७२ लाख १४ हजार ३ सय २७ रुपैयाँ रोयल्टी संकलन गरेको पर्यटन विभागले जानकारी दिएको छ ।

विभागका अनुसार सबै भन्दा बढी सगरमाथा आरोहणको लागि आवेदन परेको छ । सगरमाथा आरोहणका लागि मात्रै १५ समुहको १ सय ६१ जनाले आवेदन गरेका छन ।

सगरमाथा आरोही १ सय ६१ जनाबाट १९ करोड २२ लाख ७५ हजार ४ सय ७५ रुपैयाँ रोयल्टी संकलन भएको छ । लोत्से हिमाल आरेहणका लागि दिएको आवेदनबाट ६९ लाख ५६ हजार ९ सय १० रुपैयाँ तथा मकालु हिमाल आरोहीबाट ५९ लाख ४५ हजार ४ सय रुपैयाँ संकलन भएको छ ।

विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङक अनुसार २०१९ को जनवरी देखी मार्च ३ सममा विभिन्न १५ ओटा हिमाल आरोहणको लागि ३४८ जनाले नाम दर्ता गराएको छ ।

अन्नपुर्ण १ को लागि ३ समुहको २३, मकालुका लागि ३०, लोत्से ३५, पुमोरी हिममालको लागि ११ जनाले नाम दर्ता गराएका छन । त्यस्तै सारीबुङ पिकको लागि १२ जनाले नाम दर्ता गराएका छन भने आमादब्लाम हिमाल आरोहणका लगि १६ जनाले नाम दर्ता गराएका छन ।

चामलाङ, छोपाबामरे, ग्यालजेन पिक, कन्चनजंघा, कुम्भकर्ण, नुप्त्से, पासङ ल्हमु, थापा पिक लगायत गरी ६० जनाले आवेदन बुझाएको विभागले जानकारी दिएको छ ।

पर्यटक सिजन सुरु भएसँगै हिमाल आरोहणको लागि आउने पर्यटकको संख्यामा पनि बृद्धि भएको हो । यो संख्या अझै बढन सक्ने विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL