Logo

सगरमाथालगायत ७ हिमालको फोहोर संकलन गरिँदै, ग्लोवल कन्सर्न सेन्टर र एड्मायर नेपालबीच सम्झौता,

सगरमाथालगायत ७ हिमालको फोहोर संकलन गरिँदै, ग्लोवल कन्सर्न सेन्टर र एड्मायर नेपालबीच सम्झौता,



काठमाडौं । ‘पृथ्वीमा जीवन रक्षाका लागि हिँउ बचाँउ’ भन्ने मुल नाराका साथ ग्लोवल कन्सर्न सेन्टर अफ् नेपाल र एड्मायर नेपालबीच सम्झौता भएको छ ।

सगरमाथा र अन्य हिमाली क्षेत्रमा आरोहरणका क्रममा गरिएको फोहर र त्यस आसपासका क्षेत्रमा रहेको फोहर ब्यवस्थापनका लागि सम्झौता गरेको एड्मायर नेपालले जानकारी दिएको छ ।

सम्झौता पछि नेपालका सगरमाथालगायत बिभिन्न ७ वटा हिमालहरुको सरसफाई गर्ने भएको छ । साथै नेपाल बाहिरका ६ वटा देशहरुमा रहेको हिमालहरुको समेत सरसफाई गरि फोहरहरु संकलन गर्ने भएको छ ।

संकलित फोहोरलाई ब्यवस्थित रुपमा ब्यवस्थापन गर्ने÷गराउने कार्यमा सहकार्य गर्ने र दुवैपक्षले सगरमाथा हिमाललगायत कुन हिमालहरुको अरोहण गर्न के कति समय लाग्ने लगायतका जानकारी दिने भएको छ ।

एड्मार नेपालका अध्यक्ष निता पौडेल र ग्लोवल कन्र्सन नेपालका अध्यक्ष पिके शेपार्ले सो सम्झौतामा हस्ताक्षर गरेका छन । सरसफाई पछि हिमालमा रहेको फोहोर व्यवस्थित हुने र स्वच्छ वातावरणको अनुभुती गर्न पाउने अध्यक्ष पौडेलले जानकारी दिएकी छिन ।

साथै हिमालको हिउँ स्वच्छ र सफा भएमा वायुमण्डलमा स्वच्छ हावा बहने नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष तथा वेलकम एड ग्रुपका अध्यक्ष निर्मल राज पौडेलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL