काठमाडौं । काठमाडौंबाट नजिकै रहेको जुगल हिमाल (ग्याल्जेन पिक) मा पहिलो पटक आरोहण हुने भएको छ । सगरमाथा आरोही माया गुरुङको संयोजकत्वमा ६ जनाले उक्त हिमालको आरोहण गर्ने भएको प्रदेश नं. ३ का उद्योग, पर्यटन वन तथा वातवरण मन्त्री अरुण नेपालले जानकारी दिएका छन ।
प्रदेश सरकारको आयोजना तथा सिन्धुपाल्चोकका जुगल गाउँपालिकाको सहकार्यमा २ वटा समुहमा गरी उक्त हिमालको आरोहण गर्ने भएको हो । ६ हजार १ सय ५१ मिटरको उक्त हिमाल आरोहणका लागि सरकारले पहिलेनै खुला गरे पनि अहिले सम्म मानव पाईला नपरेको भन्दै प्रदेश सरकार र गाउँपालिकाले २ वटा समुह बनाएर हिमाल आरोहण गर्न लागेको हो ।
पहिलो समुहमा ६ जना सदस्य रहेका छन भने दोस्रो समुहमा २ जना मात्रै रहेको मन्त्री नेपालले जानकारी दिएका हुन । चैत १५ गते देखी आरोहणका लागि काठमाडौंबाट टोली प्रस्थान गर्ने भएको छ । उक्त २ समुहलाई मन्त्री नेपालले शुक्रबार विहान ७ बजे पर्यटनबोडमा विधाई गरिने कार्यक्रम समेत रहेको छ ।
आरोहणको लागि ५५ लाख रुपैयाँ लाग्ने भए पनि प्रदेश सरकारले ४० लाख रुपैयाँ दिने भएको छ भने अरु रकमका लागि संघ संस्थामार्फत जम्मा गरिने समेत मन्त्री नेपालले जानकानरी दिएका छन ।
उक्त हिममाल आरोहण गर्न करिब २२ दिन लाग्ने सगरमाथा आरोही समेत रहेका गुरुङले जानकारी दिएकी छिन । टोली बैशाख ६ गते काठमाडौं आईपुग्ने कार्यक्रम रहेको छ ।