Logo

हिमाल संरक्षणका लागि विश्वव्यापी सचेतना अभियान चलाईँदै, भ्रमण बर्षलाई टेवा पुग्ने

हिमाल संरक्षणका लागि विश्वव्यापी सचेतना अभियान चलाईँदै, भ्रमण बर्षलाई टेवा पुग्ने



काठमाडौं । जलवायु परिवर्तनको जोखिमबाट हिमाल संरक्षणमा विश्वभर जागरण फैलाउने उद्देश्यले विश्वव्यापी सचेतना अभियान चलाइने भएको छ । ‘पृथ्वीमा जीवन रक्षाका लागि हिँउ बचाँऊ’ भन्ने मूलनाराका साथ आरोही पूर्णकुमार (पिके) शेर्पा र उनका छोरा सोनाम शेर्पाले विश्वका सातै महादेशका उच्च हिमाल आरोहणमा जान लागेका हुन ।

जलवायु परिवर्तनको असरबाट हिमाल बचाऊँ भन्ने सन्देश विश्भर फैलाउने लक्ष्यका साथ ४० वर्षे आरोही पिके शेर्पा १४ वर्षीय छोरा सोनामका साथ आरोहणमा जान लागेका छन ।
सन् २०१० र २०११ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका आरोही पिके शेर्पा विगत दुई दशकदेखि आरोहणका साथ हिमाल सरसफाइमा संलग्न छन । शेर्पा बाबुछोराले अभियानअन्तर्गत अष्ट्रेलियाको माउन्ट कोस्सिउस्ज्क, अफ्रिकाको माउन्ट किलिमञ्जरो, रसियाको माउन्ट इलब्रस, दक्षिण अमेरिकाको माउन्ट एकन्कागुआ उत्तर अमेरिकाको डेनली र दक्षिण एशियामा नेपालको सगरमाथा आरोहण गर्नेछन् ।

आरोहण सन् २०१९ को मार्च अन्तिमदेखि शुरु भई सन् २०२० मेसम्म दुई वर्षको अवधिमा सकिनेछ । अभियानको अन्तिम चरणमा सगरमाथाको आरोहण गर्ने अभियानले जनाएको छ । ताप्लेजुङका आरोही पिके शेर्पा ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) का कार्यसमिति सदस्य एवं वातावरण तथा माउन्टेनरिङ शाखाका संयोजकसमेत हुन ।

अभियानकर्मी शेर्पाले जलवायु परिवर्तनको जोखिम विश्वभर बढेको र यसले हिमाललाई धेरै असर पुग्ने भएकाले विश्व समुदायमा प्रत्यक्षरूपमा पुग्न नसके पनि चुचुरोबाट सन्देश फैलाउने उद्देश्यले बाबुछोरा अभियानमा लागेको जानकारी दिएका छन ।

हिमाल संरक्षणसम्बन्धी सचेतना अभियानले सरकारले घोषणा गरेको नेपाल भ्रमण २०२० अभियानलाई महत्वपूर्ण सहयोग पुग्ने सरोकारवालाले बताएका छन् ।

पत्रकार सम्मेलनमा टानका अध्यक्ष नवराज दाहालले भ्रमण वर्ष अघि बढिरहेको सन्दर्भमा धेरैभन्दा धेरै गतिविधि बढाई पर्यटक आकर्षण गर्नुपर्ने भएकाले पनि यस्ता अभियान सहयोगी बन्ने उल्लेख गरे ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य पम्फा बताएका छन । हिमालय उद्धार सङ्घका अध्यक्ष नरेन्द्रदेव भट्टले जलवायु परिवर्तन विश्वको साझा मुद्दा भएकाले सात महादेशका उच्च हिमालबाट हिमाल संरक्षणको सन्देश उपयोगी हुने धारणा राखे ।

करीब ६ करोड रुपैयाँ खर्च लाग्ने यो सचेतना अभियानमा टान, बोर्डलगायत पर्यटन क्षेत्रका संस्था तथा व्यक्तिगतरूपमा पनि सहयोग सङ्कलन गरिने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्