Logo

मन्त्री अधिकारीको शव पोखरा लगियो, आजै अन्त्यष्टि गरिने

मन्त्री अधिकारीको शव पोखरा लगियो, आजै अन्त्यष्टि गरिने



काठमाडौं । बुधबार भएको हेलिकप्टर दुर्घटनामा परि निधन भएका संकृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको पार्थिव शरीरलाई पोखरा लगिएको छ ।

मन्त्री अधिकारी लगायत ७ जनाको एयर डाइनेष्टिको हेलिकप्टर ताप्लेजुङको चुहानडाँडामा दुर्घटना हुँदा मृत्यु भएको थियो ।

शव पोष्टमार्टम पछि सातै जनाको पार्थिव शरिरलाई सैनिकमञ्च टुँडिखेलमा श्रद्धान्जलीका लागि राखिएको थियो । टुँडीखेलमा विहान ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिएपछि मन्त्री अधिकारीको शवलाई गृह जिल्ला पोखरा लगिएको हो ।

अधिकारीको शवलाई पोखरामा केहि घण्टा श्रद्धाञ्जलीका लागि राखिने र रामघाटमा आजै अन्त्यष्टि गरिने भएको छ ।

त्यस्तै पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको शवलाई भने आईतबार मात्रै टेकुमा अन्त्यष्टि गरिने भएको छ । अन्य ५ जनाको शवलाई भने आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL