Logo

सामुहिक श्रद्धाञ्जलीका लागि सातै जनाको शव टुँडिखेलमा, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

सामुहिक श्रद्धाञ्जलीका लागि सातै जनाको शव टुँडिखेलमा, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण



काठमाडौं । बुधबार हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ ।

ताप्लेजुङको चुहानडाँडामा भएको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका ७ जनाको शव पहिचानका लागि डिएनए परिक्षण गर्न समय लाग्ने भएपछि बिहीबार टुँडिखेलमा गर्ने भनिएको श्रद्धान्जली सभा शुक्रबारका लागि स्थगित गरिएको थियो ।

बिहीबार भने मन्त्रीको शव श्रद्धाञ्जलीका लागि टुँडीखेलमा ल्याईएको थियो । अहिले सातै जनाको शव टुँडीखेलमा ल्याईसकेको छ भने श्रद्धाञ्जलीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेल पुगीसकेकी छिन । मन्त्री बाहेक अन्यको शव भने पहिचना गरेर शुक्रबार विहान मात्रै टुँडीखेलमा ल्याईएको हो ।

निधन भएकाहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले सैनिक मञ्चमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री अधिकारीको शवमा राष्ट्रिय सम्मान स्वरुप राष्ट्रिय झण्डा ओडाएका छन ।

दुर्घटनामा परि मृत्युहुनेहरुमा मन्त्री अधिकारसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, एयर डाइनेस्टिका पाइलट प्रभाकर केसी, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै इन्जिनियर ध्रुव भोछिभया र प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल रहेका छन ।

अन्तिम श्रद्धान्जलीका लागि उनिहरुको शव ११ बजेसम्म टुँडीखेलमै राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL