Logo

हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाकै निधन, को को थिए सवार ?

हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाकै निधन, को को थिए सवार ?



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । दुर्घटनामा मन्त्री अधिकारीसहित हेलिकप्टरमा सवार सातै जनाको निधन भएको त्रिभुवन अन्तररष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षत्रीले जानकारी दिए ।

मन्त्री अधिकारीको ताप्लेजुङको आठराई गाउँपालिकास्थित चुहानडाडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न जाने क्रममा उक्त हेलिकप्टर दुर्घटना भई निधन भएको हो ।

उक्त हेलिकप्टर ताप्लेजुङस्थित पाथीभरा मन्दिर नजिकैको भिरमा मन्त्री अधिकारीसहित ६ जना सवार हेलिकप्टर दुर्घटनामा परेको हो ।

एयर डाइनेस्टीका अनुसार पाइलट प्रभाकर केसीले चलाएको एमआई एयरबस हेलिकप्टरमा मन्त्री अधिकारी सहित यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा , नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे,
प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभयाको दुर्घटनामा परी निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL