Logo

पर्यटन मन्त्री अधिकारीको एक वर्षे दौड, वाइडबडीको बिवाददेखि भ्रमण वर्षसम्म

पर्यटन मन्त्री अधिकारीको एक वर्षे दौड, वाइडबडीको बिवाददेखि भ्रमण वर्षसम्म



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पदभार ग्रहण गरेको झण्डै एक वर्ष हुन लागेको छ । यो एक वर्षमा मन्त्री अधिकारीले थोरै चर्चा कमाएका छन् भने धेरै विबादित बन्न पुगेका छन । पर्यटन मन्त्रालयले पनि आफ्नो एक वर्षे कार्यकालको समिक्षा गर्ने तयारी गरिरहेको मन्त्रालयले जानकारी दिएको छ ।

हुन त उनले मन्त्री भएर आईसके पछि केही राम्रा कामहरुलाई अगाडी बढाए पनि पछिल्लो घटनाक्रमले भने उनलाई विवादित बनाएको छ । २०७४ चैत २ गते पदभार ग्रहणसँगै मन्त्री अधिकारीले राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउने बताएका थिए ।

अहिले उक्त विमानस्थलको काम सुस्त गतिमा अघि बढिरहेको छ । उनले सुरुमा २०२० मा १५ लाख पर्यटक भित्र्याउने उदेश्य सहित नेपाल भ्रमण वर्ष मनाउने निर्णय समेत गरेका थिए । तर पछि मन्त्री स्तरिय बैठकले त्यस्लाई परिमार्जन गर्दै २०२० मा २० लाख पर्यटक ल्याउने निर्णय गरिएको छ भने भ्रमण वर्षको तयारीमा अहिले सरकार जुटेको छ ।

साथै चीन र भारत केन्द्रीय पर्यटन प्रवद्र्धनलाई तीब्रता दिने मन्त्री अधिकारीको पहिलो निर्णयमा परेका थिए । त्यस्तै मन्त्री अधिकारीले चैत २६ मा आफ्नो एक सय दिन भित्र गर्ने कामहरुको सार्वजनिक गरे । उनले आफ्नो सय दिने कार्यक्रम भित्र त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलको सुधार, राष्ट्रिय गौरबको आयोजनाहरुको प्रभाबकारी कार्यान्वयन, भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुननिर्माण, नीतिगत तथा कानूनी सुधार लगायतका १ सय १० कार्यक्रम सार्वजनिक गरेका थिए ।

यसैगरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप र एयर ट्राफिक जाम न्यूनिकरणका लागि २१ घन्टा विमानस्थल सञ्चालन, उडान तालिकामा वैज्ञानिक मापदन्ड लागू गर्ने घोषणा गरेका थिए । अहिले उक्त विमानस्थल २२ घण्टा संचालन भईरहेको छ । उनले काभ्रेको ठूली चउरमा आन्तरिक उडानका लागि विमानस्थल निर्माणको सम्भाब्यता अध्ययन गरे पनि अहिले उक्त योजना अलपत्र पर्ने निश्चित छ ।

मन्त्री अधिकारीको प्राथमिकतामा परेको त्रिभुवन विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल भवन र आन्तरिक टर्मिनल भवनमा एसीको व्यवस्था गर्ने देखि त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्नेजस्ता कार्यहरु भने केही काम सम्पन्न भएको छ भने केही काम भने सम्पन्न हुने तयारीमा रहेको छ ।

मन्त्री अधिकारीकै पहलमा अहिले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भने निर्माणको अन्तिम चरणमा रहेको छ भने पोखरा अन्तरराष्ट्रिय विमानस्थलको काम पनि युद्ध स्तरमा भईरहेको छ । केही समय यस्ताकामबाट राम्रै छवि बनाएका मन्त्री अधिकारी पछिल्लो समय भने विबादित बन्न पुगेको हो । मन्त्री अधिकारीले यो एक वर्षमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बाहेक अन्य क्षेत्रमा भने खासै प्रगति नगरेको सम्बद्ध विज्ञहरु बताउँछन ।

केही समय अगाडीनै प्रधानमन्त्री केपी शर्मा ओलीको डेन्जरजोनमा परेका मन्त्री अधिककारी पछिल्लो समयमा भने नेपाल वायुसेवा निगमको बाईडबडी विमान खरिदको अन्तिम किस्ता बुझाउँदा ठूलै विबादमा तानिएका हुन ।

मन्त्री अधिकारीले आफ्नो संलग्नता नभएको भने पनि वाईडबडीकाण्डमा ४ अर्ब ६५ करोड रुपैयाँ घोटलामा मुछिए पछि अहिले उनको मन्त्री पद नै धरापमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL