Logo

त्रिभुवन विमानस्थलमा रिमोट पार्किङको ढलान सुरु, अप्रिल अन्तिमबाट संचालन

त्रिभुवन विमानस्थलमा रिमोट पार्किङको ढलान सुरु, अप्रिल अन्तिमबाट संचालन



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआईए) को रिमोट पार्किङ क्षेत्र ढलान सुरु भएको छ । नयाँ बन्ने रनवेको पूर्वी क्षेत्रको रिमोट पार्किङको ढलान बुधबार देखी सुरु भएको हो ।

विमानस्थलले उक्त रिमोट पार्किङ अप्रिलको अन्तिम साताबाट संचालनमा ल्याउने गरि अहिले ढलानको काम सुरु गरिएको जानकारी दिएको छ ।

उक्त रिमोट पार्किङ ढलान भईसके पछि एयरवस ३३० २ ओटा र एयरवस ३२० ३ ओटा पार्किङ गर्न मिल्ने विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिएका छन ।

उनका अनुसार अहिले उक्त ढलानको काम भने टुण्डी कन्सट्रक्शनले गरिरहेको छ । ढलानको काम सके पछि करिब २८ दिन सुक्नको लागि राख्नु पर्ने भन्दै कामलाई तीब्रता दिन समेत क्षेत्रीले निर्देशन दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्