Logo

ओयो होटलमा ‘ओयोसोम भ्यालेन्टाइन डे’ स्पेशल, होटलले नै मनाईदिन्छ यसरी भ्यालेन्टाइन

ओयो होटलमा ‘ओयोसोम भ्यालेन्टाइन डे’ स्पेशल, होटलले नै मनाईदिन्छ यसरी भ्यालेन्टाइन



काठमाडौं । भ्यालेन्टाइन डे नजिकिदै गर्दा पक्कै पनि तपाईंले आफ्नो प्रियजनका लागि केही विशेष तयारी गर्नु भएको छ होला ।

यदी छैन भने पनि चिन्ता नलिनुहोस । तपाईको भ्यालेन्टाइन डे यादगार र रोमाञ्चक बनाउन ओयो होटलले बिभिन्न स्थानमा पर्खिरहेको छ ।

यात्रा गर्दा होस वा शहरमै समय बिताउन होस् तपाई आफ्नो पार्टनरसँग नजिकै रहेको ओयोको होटल बुक गरेर विशेष अनुभव बटुल्न सक्नुहुनेछ ।

तपाईंले ओयो होटलमा बसेर रमाईलो फिल्महरु हेर्दै विभिन्न प्रकारका परिकारको स्वद लिन र फ्री वाईफाईको माध्यमबाट आफूलाई मनपर्ने सोको मजा लिन सक्नुहुनेछ । साथै कम्प्लीमेन्ट्री ब्रेकफास्ट र उच्च गुणस्तरको एयर कन्डीसन कोठाको आनन्द लिन सकिने छ ।

तपाईको भ्यालेन्टाइन डे विशेष बनाउन ओयोले विभिन्न ५ होटलको सूची तयार पारेको छ :
ओयो ११४६० होटल रोमान्टीका

यदि तपाईं तालको शहरमा आफ्नो प्रियजनसँग स्तरीय समय बिताउन चाहनु हुन्छ भने ओयो ११४६० रोमान्टीका तपाईंको लागि अवश्यनै रोमान्टीक विकल्प हुन सक्छ । यसका लागि पोखराको फेवातालबाट करिब ९ किलोमिटरको दुरीमा रहेको होटल रोमान्टीका तपाईलाई पर्खिरहेको छ ।
जहाँ हिमालहरुको दृश्य नियाल्दै तपाईंले चिया र कफिको चुस्कीसँगै भ्यालेनटायनको मजा लिन सक्नुहुनेछ ।

ओयो ११४५७ काठमाडौं रिसोट होटल

काठमाडौं बाहिर जान नरुचाउने व्यक्तिका लागि ठमेलको मुटुमा रहेको मन्डला गल्लीमा अवस्थित ओयो ११४५७ काठमाडौं रिसोट होटल भ्यालेनटाइन डे मनाउनका लागि सहि छनोट हुन सक्छ ।
विभिन्न प्रकारका परिकार र लाइभ ब्याण्ड पफर्मेन्सहरुको मज्जा लिन सक्ने यस होटल जोडीहरुको रोजाईमा पर्दै आएको छ ।

ओयो १५१ होटल स्नोल्याण्ड

ओयो १५१ होटल स्नोल्याण्डमा तपाईं कोठामै खाना अर्डर गरेर आफ्नो प्रियजनसँग दिनभर वाइनको चुस्की लिदै गुणस्तरीय समय बिताउन सक्नुहुन्छ ।

यो होटल पर्यटकहरु माझ लोकप्रिय स्थलमा रहेको छ जुन फेवा तालबाट केहि दुरीमा पर्दछ । यस होटलबाट अन्नपूर्ण पर्वतको झलकहरु देख्न सकिन्छ । यो होटल डेविड फलबाट ५ किमी र वल्र्ड पिस प्यागोडाबाट ८ किमी टाढा रहेको छ ।

ओयो २३५ होटल गुडविल

के तपाईं कलात्मक शहरको बीचमा आफ्नो प्रियजनसँग गुणस्तरीय समय बिताउन उपयूक्त गन्तव्यको खोजीमा हुनुहुन्छ ? ओयो २३५ गुडविल पाटन दरवार स्क्वायर, महाबौद्घ मन्दिर र रुद्रवर्मा महावीरको नजिकै अवस्थित छ ।

परम्परागत शैली , टेराकोटा भवन र संस्कृतीको धनी यस होटलले भीडमा बस्न मन नपराउनेहरुका लागि शान्त वातावरण प्रदान गर्छ ।

ओयो २७८ होटल भ्यू भक्तपूर

भ्यालेनटाइन डे को लागि सुन्दर प्लान कसरी बनाउने तनावमा हुनुहुन्छ ? यदि तपाईंले राजधानी आसपासकै क्षेत्रलाई केन्द्र बनाउनु भएको छ भने ओयो २७८ होटल भ्यू भक्तपूर तपाईंको लागि उत्तम छनोट हुन सक्छ ।

अरनिको राजमार्ग स्थीत सूर्यविनायकमा रहेको उक्त होटल प्राचिन शैलीमा काठका बुटाहरु कुदिएका छन् । यस होटलबाट तपाईंले पर्वत र काठमाडौंको दृश्य नियाल्न सक्नुहुन्छ जुन डेटको लागि पर्फेक्ट सेटिङ हो ।

प्रतिक्रिया दिनुहोस्
MBL