Logo

मजदुरलाई वार्तामा आउन रेबानको आग्रह, आन्दोलन फिर्ता होला ?

मजदुरलाई वार्तामा आउन रेबानको आग्रह, आन्दोलन फिर्ता होला ?



काठमाडौं । आन्दोलनरत मजदुरहरुलाई वार्तामा आउन रेष्टुरेन्ट एन्ड बार एशोसिएसन (रेबान)ले आग्रह गरेको छ । ग्राहकबाट उठाउँदै आएको १० प्रतिशत सेवाशुल्क खारेज गरेको भन्दै आन्दोलनमा उत्रेका मजदुरहरुलाई वार्ता र संवादमार्फत नै समस्या समाधान गर्न सकिने भन्दै आन्दोलन फिर्ता लिन रेबानलेआह्वान गरेको हो ।

रेबानले गत सोमबारबाट सेवा शुल्क खारेज गर्ने घोषणा गरेसँगै मजदुर सङ्गठनहरु आक्रोशित हुँदै आन्दोलनमा उत्रिएका थिए । मजदुर संगठनले आईतबार अर्थात आज देशभरी कोणसभा गर्ने योजना बनाएका थिए ।

रेवानका महासचिव अरनिको राजभण्डारीले विज्ञप्ति जारी गर्दै सेवा शुल्क खारेजसँगै प्रतिष्ठानका मजदुरहरुमा पर्न जाने आशिंक आर्थिक असरलाई मध्यनजर गर्दै नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा कोष मन्त्रालयले जारी गरेको श्रम ऐनअनुसारको न्यूनतम तलब भत्ता कार्यान्यवनमा विशेष पहल गर्ने, ग्राहकहरुबाट उठ्ने टिप्स शतप्रतिशत मजदुरमा बाँड्ने तथा व्यवस्थापन पक्षबाट अन्य अतिरिक्त आर्थिक लाभ गराउन प्रतिबद्धता जनाउँदा जनाउँदै पनि विभिन्न मजदुर युनियनहरुले आन्दोलनको घोषणा गरी धम्की र त्रास फैलाएको बताएका छन ।

सर्वोच्च अदालतबाट समेत सेवा शुल्क उठाएको विषयमा कारण देखाउ आदेश आइसकेको अवस्थामा मजदुरहरुले एक्लौटीरुपमा आन्दोलनको घोषणा गर्नुको कुनै औचित्य नभएको उनले विज्ञप्तीमार्फत जानकारी दिएका छन यस्तै मजदु संगठनले भने मंगलबारबाट देशभरका होटल तथा रेष्टुरेन्टमा काम ठप्प पार्ने घोषणा गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्