Logo

मंगलबारदेखि रेष्टुरेन्ट तथा बारहरु बन्द, मजदुर संगठनले गर्याे हड्तालको घोषणा

मंगलबारदेखि रेष्टुरेन्ट तथा बारहरु बन्द, मजदुर संगठनले गर्याे हड्तालको घोषणा



काठमाडौ । मंगलबारदेखि नेपालका विभिन्न रेष्टुरेन्ट तथा बारहरु बन्द हुने भएका छन ।

रेष्टुरेनट तथा बारहरुमा लिइरहेको १० प्रतिशत सेवा शुल्क हटाएको विरोधमा मजदुरहरुले हड्तालको घोषणा गरेसँगै बन्द गर्ने भएका हुन ।
रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेवान) को सोमबारको बैठकले १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय गरेको थियो।

सोमबार नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै मंगलबारदेखि हड्तालको घोषणा गरेका छन ।

उक्त घोषणा अन्तरगत माघ २० गते देशब्यापी कोणसभा गर्ने, प्रतिष्ठान स्तरमा सबै खालका विरोधका कार्यक्रमहरु संचालन गर्ने, रेबानलाई सार्वजनिक रुपमा बहिस्कार गर्ने, रेष्टुरेन्ट संचालनमा रोक लगाउने लगायतका कार्यक्रमहरु रहेको संगठनद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यस्तै माघ २२ गते देखि भने देशब्यापी रुपमा रेस्टुरेन्ट तथा बारहरुमा हड्ताल गरिने उनीहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL