काठमाडौं । नेपाल पर्यटन बोर्डले भ्रमण वर्ष २०२० को तयारी तिब्ररुपमा भएको बताईएको छ ।
सरकारले २०२० मा २० लाख पर्यटक ल्याउने उद्घोष सहित बिभिन्न कार्यक्रमहरुको आयोजना समेत गर्दै आईरहेको छ । भिजन २०२० सफल बनाउनका लागि हामीले पूर्वधार निर्माणमा विशेष ध्यान दिनुपर्ने पर्यटन बोडका कार्यकारी अधिकृत दिपकराज जोशीले भने ।
उनका अनुसार अहिले पर्यटक आउने सिजनलाई मात्रै नभएर अफ सिजनमा समेत पर्यटक ल्याउने गरी काम भइरहेको छ । जसका कारण २०१८ मा १२ लाख पर्यटक भित्र्याउन सफल भएको समेत उनको दाबी थियो । ‘अहिले हामी तिब्र रुपमा काम अगाडी बढाईरहेका छौं,’ उनले भने, ‘हामीले बिभिन्न ट्राभल ट्रेडहरुमा सहभागि भई नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने देखी इन्टरनेट संचार माध्यमलाई नेपाल भ्रमण समेत गराई सकेका छौं ।’
भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक पुर्याउने हो भने अन्तरराष्ट्रिय संचार माध्यममा नेपालको प्रचार प्रसारका साथै भौतिक पूर्वधारलाई प्राथमिक्तामा राखेर काम गर्नुपर्ने जानकारी दिए ।
करिब ५ सयको हाराहारीमा अन्तरराष्ट्रिय संचार माध्यमलाई नेपाल भ्रमण गराउनु पर्नेमा अहिले करिब १ सय जना जतीलाई भ्रमण पनि गराई सकेको समेत उनको भनाई थियो । त्यस्तै हामी कुन समयमा के काम गर्ने भनेर क्यालेण्डर तयारी गर्दै छौं सायद अबको १ महिना भित्र क्यालेण्डर पूरा हुने उनको दावी थियो ।
भ्रमण वर्षको तयारी तिब्र पारेको भन्नु हुन्छ तर त्यस्तो केही देखिँददैन नि भन्ने प्रश्नमा जोशीले भने ‘अव भ्रमण वर्षको तयारी गर्ने भनेको ठाउँठाउँमा ठूला ठूला होडिङ बोड राख्ने भन्ने सोचेका होलान आम मानिसहरुले तर त्यस्तो हुँदैन,’ उनले भने, ‘इन्टरनेटको जमानामा पनि त्यस्तो सोचेर बस्ने हो भने हामी धेरै पछि पर्छौ हामीले हाम्रो तर्फबाट सबै काम गरेका छौं ।’
तर होटल एशोसिएशन अफ नेपाल (हान) का महाचिव विनायक शाहले भने सोचे जस्तो प्रगति नभएको बताएका छन । पर्यटन बोर्ड खर्च गर्न डराउने भएकाले पनि केही कामहरुमा ढिलाई भईसकेको छ, त्यो हामीलाई अनुभब भएको कुरा हो ।
अब खर्च गर्ने कुरामा सार्वजनिक खरिद नियमानुसार जानु पर्ने हुन्छ जसका लागि बोर्ड डराई रहेको छ यसमा सरकारले पहल गरिदिनु पर्छ शाहले भने ।
हाम्रो काम भनेको सरकारलाई सहयोग गर्नु हो हामी हाम्रो तर्फबाट गरिरहेका छौं । हामी पनि बोर्डमा छौें समयमै बजेट नआउँदा काम गर्न गह्रो भईरहेको छ । यसमा सरकाले सहयोग गर्नु पर्छ समयमै निकासा गरि कामलाई सहज बनाई दिनु पर्छ