काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले पहिलो पटक ह्यापी बेबीजोन संचालमा ल्याएको छ । शुक्रबार उक्त बेबीजोनको उद्घाटन गर्दै विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले बेबीजोनले समस्यामा परेका आमाहरुलाई सहजहुने बताएका छन ।
विमानस्थलमा उडान समय पर्खिरहेका आमाहरुलाई सहजताका लागि हिमालय हर्वलका सहयोगमा बेबीजोन स्थापना गरिएको हो । उक्त बेबीजोनमा आमाहरुले बच्चालाई दुध खुवाउनुका साथै बच्चालाई खेलाउने तथा सुताउन सक्नेसम्मको ब्यवस्था गरिएको छ । ‘शुत्रबार देखी संचालनमा आएको उक्त बेबीजोनमा हिमालय हर्वलले नै टिभी समेत ल्याएर राख्ने भएको छ,’ क्षेत्रीले भने ।
साथै सोही अवसमा विमानस्थलले लस्ट एण्ड फाउण्ड युनिटको समेत उद्घाटन गरेको छ । विमानस्थलले लस्ट एण्ड फाउण्ड युनिटको समेत पहिलो पटक घोषणा गरेको महाप्रवन्धक क्षेत्रीले जानकारी दिएको छ ।
उक्त युनिटले विमानस्थलमा हराएका सामग्रीहरुलाई खोजेर विमानस्थलमा राख्ने र सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गर्ने गरि उक्त युनिट संचालनमा ल्याएको क्षेत्रीले जानकारी दिएका छन ।
विगतमा केही समय सम्म भेटाएका सामग्री राख्ने गरेको भए पनि स्थान अभावले गर्दा कसैले लाने वा हराउने गरेको भए पनि अव भने वर्षौसम्म भए पनि सामग्री नहराउने भएको छ ।
कसैले सामग्री हराएको सुचना दिएको आधारमा वा चोरी भएमा विमानस्थलमा भएका सिसि क्यामेरा तथा प्रहरीको सहयोगमा उक्त सामाग्री भेटाउने गरेको विमानस्थलले जानकारी दिएको छ । उक्त सामग्री सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गर्ने उद्देश्यले युनिटको स्थापना गरेको समेत क्षेत्रीले जानकारी दिएका छन ।