Logo

वाईडबडी खरिद प्रकरण : छानविन आयोगमा पाठक नबस्ने

वाईडबडी खरिद प्रकरण : छानविन आयोगमा पाठक नबस्ने



काठमाडौं । सरकारले गठन गरेको उच्चस्तरीय छानविन आयोगमा नरेन्द्र पाठक नबस्ने भएका छन ।

नेपाल वायुसेवा निगमको वाइडबडी खरिद प्रक्रिया संसदीय उपसमितिले ४ अर्ब रुपैयाँ भन्दा माथी घोटला भएको प्रतिवेदन सार्वजनिक गरे पछि सरकारले उक्त समिति गठन गरेको थियो ।

पूर्व नायब महान्यायाधिवक्ता समेत रहेका पाठकले आयोगमा बस्न अस्विकार गरेको उनी निकट श्रोतले जानकारी दिएको छ ।

सरकारले गठन गरेको उक्त आयोगलाई ४५ दिनको समयसीमा तोकिएको भए पनि आयोगले भने अहिले सम्म काम सुरु गर्न सकेको छैन ।

लेखा समितिको उपसमितिले वाईडबडी खरिदमा करिब ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घोटला भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

उपसमितिको प्रतिवेदन सार्वजनिक भए पछि सरकारले तत्कालीन पुनरावेदन अदालतका मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा न्यायिक आयोग गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL