Logo

२०१८ मा ५९ हजार ८ सय पर्यटकले घुमे मुस्ताङ, गत आवको तुलनामा १२ प्रतिशतले बृद्धि

२०१८ मा ५९ हजार ८ सय पर्यटकले घुमे मुस्ताङ, गत आवको तुलनामा १२ प्रतिशतले बृद्धि



काठमाडौं । सन २०१७ को तुलनामा २०१८ मा हिमाली पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको संख्या १२ दशमलब ३० प्रतिशतले वृिद्ध भएको छ ।

सन २०१७ मा ५२ हजार ४ सय ७५ जना विदेशी पर्यटकले भ्रमण गरेका मुस्ताङमा सन २०१८ मा ५९ हजार ८ सय ३८ पर्यटक भ्रमणमा आएको अन्नपूर्ण संरक्षण क्षेत्रको इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमले जानकारी दिएको छ ।

विसं २०१८ मा विदेशी पर्यटक आगमन १२ दशमलब ३० प्रतिशतले वृद्धि भएको एक्याप कार्यालयका प्रमुख तुलसी दाहालले जानकारी दिएका छन । सबैभन्दा धेरै भारतीय पर्यटकको संख्या ३३ हजार १ सय ५९ जना छ । जर्मनीका ३ हजार २ सय १० र फ्रान्सका ३ हजार ८९ जना पर्यटक रहेको छन ।

२०१७ मा २४ हजार ८ सय ८ भारतीय, ३ हजार १ सय २३ फ्रान्सेली र २ हजार ६ सय ३९ जर्मन पर्यटक थिए । २०१६ मा ३९ हजार १७ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । प्रचारप्रसार, सडक र सहज यातायातको सुविधा, राजनीतिक स्थिरता, अनुकूल मौसमलगायतका कारणले पर्यटक आगमन बढेको एक्याप जोमसोमका प्रमुख दाहालले बताएका छन ।

एक्यापले मुस्ताङ भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीबाट तथ्याङ्क सङ्कलन गर्दै आएको छ । माटोको सहर लोमान्थाङ, तिब्बती र थकाली कला संस्कृति, मुक्तिनाथ, ठिनी, धुम्बा ताल, कागबेनी, दामोदरकुण्ड र फरक भू–बनोटलगायत मुस्ताङमा थुप्रै पर्यटकीय आकर्षणका केन्द्र छन । मुस्ताङ एक्यापअन्तर्गतको प्रमुख पर्यटकीय गन्तव्य हो ।

प्रतिक्रिया दिनुहोस्