Logo

वाईडबडी खरिद प्रकरण : उपसमितिले बुझायो प्रतिवेदन, शुक्रबार कारवाहीको टुङ्गो लगाईने

वाईडबडी खरिद प्रकरण : उपसमितिले बुझायो प्रतिवेदन, शुक्रबार कारवाहीको टुङ्गो लगाईने



काठमाडौं । लेखा समितिअन्तर्गतको उपसमितिले आज लेखा समितिमा प्रतिवेदन पेश गरेको छ । समितिले नेपाल वायुसेवा निगमको २ वटा वाईडबडी खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै उक्त प्रतिवेदन पेश गरेको हो ।

प्रतिवेदन अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, पूर्व पर्यटनमन्त्री जीतेन्द्रनारायण देव र जीवनबहादुर शाही तथा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारमाथी निलम्बन गरी कारवाही गर्न उप समितिले मूल समितिलाई सिफारिस गरेको छ ।

गत मंसिर २६ गते वाइडबडी जहाज खरिदको छानबीन उपसमिति बनाएको लेखा समितिको उपसमितिले बुधबार प्रतिवेदन पेश गर्दै नेपाल सरकार तथा अख्तियारलाई उक्त छानविनको लागि समेत निर्देशन दिने गरी प्रतिवेदन पेश गरेको उपसमितिका संयोजक राजेन्द्र कुमार केसीले जानकारी दिएका छन ।

प्रतिवेदनमा जहाज खरिद सम्झौता अनुसार नभई विमान दाता कम्पनीको कागजात समेत गायब गरिएको उल्लेख छ । उप समितिले बुझाएको प्रतिबेदन शुक्रबार मूल समितिले टुङ्ग्याउने गरी छलफल हुने समितिका सभापति भरतकुमार शाहले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL