Logo

वाईडबडी खरिद प्रकरण : ४ अर्ब ३५ करोड भ्रष्टचार, बुधबार लेखा समितिमा प्रतिवेदन पेश गर्दै

वाईडबडी खरिद प्रकरण : ४ अर्ब ३५ करोड भ्रष्टचार, बुधबार लेखा समितिमा प्रतिवेदन पेश गर्दै



काठमाडौं । लेखा समितिअन्तर्गतको उपसमितिले नेपाल वायुसेवा निगमको २ वाईडबडी खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको जानकारी दिएको छ ।

गत असार र साउनमा ल्याएको वाईडबडी खरिद प्रकरणमा उपसमितिले गरेको छानविनमा उक्त भ्रष्टचार भएको ठहर भएको हो । भ्रष्टचारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, २ पूर्व पर्यटनमन्त्री जीतेन्द्रनारायण देव र जीवनबहादुर शाहीलाई पनि दोषी ठहर गरेको छ ।

उपसमितिले उक्त प्रतिवेदन अहिले ११ बजे लेखा समितिमा पेश गर्ने भएको छ । प्रतिवेदन अनुसार महालेखापरीक्षकको प्रतिवेदनमा खरिद प्रक्रिया कानुनसम्मत नदेखिएको उल्लेख हुँदाहुँदै छानबिन नगरी अन्तिम किस्ता रकम भुक्तानी दिएको प्रतिवेदनमा छ ।

प्रतिवेदनमा मन्त्री अधिकारी लगायतका केही ब्यक्तिले झुट्टो बयान दिएकाले उनीहरुलाई कार्वाहीको माग समेत गरेको समितिका एक सदस्यले जानकारी दिएका छन । साथै उनीहरुले पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र गृह सचिव प्रेमुकमार राईलाई समेत दोषी ठहर गर्दै उपसमितिले निलम्बनको सिफारिस गरेको छ ।

यस अघिनै निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई दोषी ठहर गरी कार्वाहीको माग गरे पनि समितिले थप अध्ययन गर्नु पर्ने भन्दै कार्वाही नगरेका कंसाकारलाई पनि उपसमितिले खरिद प्रकरणमा मूख्य भूमिका देखिएको भन्दै तत्काल निलम्बन र कार्वाहीको सिफारिस गरेको छ ।

अख्तियारको दुरुपयोग गरेको हुँदा उनीहरूलाई हदैसम्म दण्ड सजाय गर्न नेपाल सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन सार्वजनिक लेखा समितिलाई सिफारिस गर्दछु, प्रतिवेदनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL