Logo

पर्यटन प्रवर्द्धन गर्न ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभलमार्ट’ हुँदै, भिजिट नेपाललाई सहयोग

पर्यटन प्रवर्द्धन गर्न ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभलमार्ट’ हुँदै, भिजिट नेपाललाई सहयोग



काठमाडौं । पर्यटन प्रवर्द्धनका लागि लुम्बिनीमा ‘बुद्धिष्ट इन्टरनेश्नल ट्राभलमार्ट २०१९’ हुने भएको छ ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्नका लागि आगामी जनवरीदेखि उक्त ट्राभल मार्ट गर्न लागिएको हो । बौद्ध पर्यटकीय स्थल र सेवाहरुको अन्तरराष्ट्रिय क्रेता तथा राष्ट्रिय विक्रेताहरुबीच सेवा तथा ब्यापार सिर्जना गर्ने उद्देश्यले उक्त ट्राभलमार्ट गर्न लागिएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा बुद्ध धर्मसँग सम्बन्धित नेपालका पर्यटकीय तथा धार्मिक गन्तब्य स्थलहरुको प्रचार प्रसार गर्ने उद्देश्यले सो मेला आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

नेपालमा पहिलो पटक हुन लागेको उक्त सम्मेलनले पर्यटन ब्यवसायी तथा नेपाली पर्यटन क्षेत्र तथा बौद्ध पर्यटन केन्द्रको रुपमा स्थापित गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा रहेको छ ।
जनवरी १० देखी १२ सम्म चल्ने उक्त सम्मेलनमा करिब २ करोड ८ लाख रुपैयाँ खर्च हुने आयोजकले जानकारी दिएको छ । सम्मेलनले सरकारले लिएको भिजन २०२० लाई समेत सहयोग पुग्ने आयोजकको दाबी रहेको छ ।

आयोजक सदस्य सचिव अच्युत शर्मा गुरागाईका अनुसार पर्यटन विकासका लागि पर्यटन पूर्वधारमा जोड दिई निर्माणाधिन  गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ब्यवसायिक विकासमा समेत सहयोग पुर्याउने भएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL