काठमाडौं । पर्यटकिय केन्द्र ठमेलमा मंगलबारदेखि छायाँ सेन्टर संचालनमा आएको छ । एक कार्यक्रमका बीच ठमेलभित्रको ठमेल भनिएको उक्त सपिङ कम्प्लेक्स संचालनका आएको हो ।
छायाँ सेन्टरमा ठमेल बजारमा पर्यटनसँग जोडिएका सबै किसिमका सेवा एकै ठाउँमा उपलब्ध हुने उक्त कम्प्लेक्सका संचालकले बताएका छन । संचालकका अनुसार उक्त सेन्टर पर्यटकिय व्यबसायिक गन्तव्यका रुपमा संचालनमा ल्याइएको हो ।
कम्प्लेक्समा ३ ओटा मल्टीप्लेक्स थिएटर, विभिन्न सामग्रीका पसलहरु, एयरलाईन्स, ट्राभल एजेन्सी, ब्यांक्वेट हल, सेमिनार हल, रिसेप्सन हल, क्लव लगायतका सुविधा रहेका छन । साथै उक्त सेन्टरमा विभिन्न बैंकका शाखा, कर्पाेरेट कम्पनी पनि उपलब्ध हुने बताईएको छ ।
आगामी मार्च महिनादेखि संचालनमा आउने भनिएको ५ तारे एलफ्ट होटल पनि रहेको छ । उक्त होटलले नै उक्त कम्प्लेक्सको पाँचौ देखि १५ औँ तलासम्म ओगट्ने जनाइएको छ । साथै उक्त कम्प्लेक्समा होटलसहित क्यासिनो पनि संचालनमा आउने भएको छ ।
ठमेलमा करिव १५ रोपनी क्षेत्रफलमा बनेको उक्त कम्प्लेक्समा ठमेलमा पाईने सबै सुविधा उपलब्ध हुने छायाँ सेन्टरका अध्यक्ष पृथ्वी बहादुर पाँडेले जानकारी दिए । उनका अनुसार कम्प्लेक्समा ३ सय बढी सवारी पार्क गर्न मिल्ने अन्डरग्राउन्ड बेसमेन्टमा पार्किङस्थल निर्माण गरिएको छ ।