Logo

४ महिनामा सेवा घाटा १३ अर्ब १६ करोड पुग्यो, पर्यटनमा १० प्रतिशतले वृद्धि

४ महिनामा सेवा घाटा १३ अर्ब १६ करोड पुग्यो, पर्यटनमा १० प्रतिशतले वृद्धि



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ४ महिनाको समीक्षा अवधिमा खुद सेवा आय १३ अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको जानकारी दिएको छ ।

बैंकको तथ्याङक अनुसार अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३ अर्ब १ करोड रुपैयाँले मात्रै घाटामा रहेको थियो ।

त्यस्तै सेवा खाता अन्तरर्गत पर्यटनमा भने १० दशमलब ३ प्रतिशतले बृद्धि भएको छ । ४ महिनाको समीक्षा अवधिमा बृद्धि भएको राष्ट्र बैंकको तथ्याङकमा उल्लेख छ । तथ्याङक अनुसार गत वर्षको तुलनामा चालू आवको पहिलो ४ महिनामा २२ अर्ब ७२ करोड रुपैयाँ मात्रै रहेको थियो ।

पर्यटन आय समीक्षा अवधिमा १० दशमलब ३ प्रतिशतले वृद्धि भई २५ अर्ब १ करोड रुपैयाँ पुगेको बैंकको तथ्याङकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL