Logo

पूँजीगत खर्च बढाउन पर्यटन मन्त्रीको निर्देशन, १० वर्ष भित्र जीडीपीमा पर्यटनको २५ प्रतिशत योगदान

पूँजीगत खर्च बढाउन पर्यटन मन्त्रीको निर्देशन, १० वर्ष भित्र जीडीपीमा पर्यटनको २५ प्रतिशत योगदान



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका कार्यालयहरुलाई पूँजीगत खर्च बढाउन निर्देशन दिएको छ ।पूँजीगत खर्च बढन नसक्दा विकास निर्माणका कामहरु प्रभाबकारी रुपमा अगाडी नबढ्ने भएकाले पूँजीगत खर्च बढाउन निर्देशन दिएको हो ।

प्रथम चौमासिक समिक्षा सन्तोष जनक भए पनि कुनै पनि प्रोजेक्टले समय तालिका ढिलो ल्याउने र निश्चित समयको केही समय अगाडी मात्रै काम गर्ने परिपाटीले गर्दा खर्च गर्न नसकेको भन्दै पर्यटन मन्त्री रविन्द्र अधिकारीले निर्देशन दिएका हुन ।

उनले मातहतका कार्यालयहरुलाई निर्देशन दिँदै कुनै पनि काम दिनरात नभनि गर्न र निश्चित समय तोकेर काम सम्पन्न गराउन समेत निर्देशन दिएका हुन । मन्त्री अधिकारीले कुनै पनि काम कठिन नभएको र कठिन भएको अवस्थामा अन्य कुनै उपया अपनाएर भए पनि मातहतका काम समयमै सकाउन निर्देशन दिएको हो ।

मन्त्री अधिकारीले स्याटलाईट अकाउण्टको काम भईरहेको र उक्त अकाउण्ट लागू भए पछि नेपालको कुल ग्राह्स्थ उत्पादन (जीडीपी) मा पर्यटनको करिब ६ प्रतिशत योगदान पुग्ने समेत जानकारी दिएका छन ।

अबकको १ वर्ष भित्रै अकाउण्ट लागू गर्ने र जीडीपीमा पर्यटनको करिब ६ प्रतिशत योगदान पुग्ने भन्दै मन्त्री अधिकारीले आगामी १० वर्ष भित्रमा २५ प्रतिशत जीडीपीमा योगदान पुग्दैन तब सम्म यस क्षेत्रबाट विश्राम नलिने समेत जानकारी दिएका छन ।

मन्त्री अधिकारीले दोस्रो चौमासिकको समिक्षामा आउँदा कम्तीमा पनि ६० प्रतिशत भन्दा बढी प्रगती भएको हुनु पर्ने भन्दै काममा ढिला नगर्न र अहिलेलाई नभई भविश्यलाई हेरेर काम गर्न समेत निर्देशन दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL