काठमाडौं । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सी (नारा) ले आफुखुसी र्याफ्टिङ तथा कयाकिंग गरेको भन्दै ध्यानाकर्षण भएको जानकारी दिएका छन ।
नेपालका हिमनदीहरू अन्य देशको नदीको तुलनामा दैनिक रुपमा वहाब भईरहने प्रकृतिको भएकाले र्याफ्टिङ तथा कयाकिंग गर्न चाहने स्वोदेशी तथा बिदेशी पर्यटकले आफूखुसी एक्लै या अनाधिकृत रुपमा र्याफ्टिङ गर्नाले दुर्घटना बढेको भन्दै आफुहरुको ध्यानाकर्षण भएको नाराले जानकारी दिएको हो ।
त्यस्ता व्यक्ति वा समूहहरु र्याफ्टिङ र कयाकिंग जाँदा असुरक्षित हुनुको साथै राज्यको कर छल्ने भएकाले विश्व बजारमा समग्र पर्यटन क्षेत्रको छबि नै धमिल्याएको नाराका महासचिब सिव अधिकारीले जानकारी दिएका छन ।
उनका अनुसार यसरी जाने पर्यटकले सम्बन्धित र्याफ्टिङ कम्पनी मार्फत मात्र नियमनुसार राफ्टिंग तथा कयाकिंग गर्न समेत नाराले आग्रह गरेका छन ।
हिमनदीको प्रकृति अनुसार बाहिर बाट हेर्दा साधारण बहाब रहेको स्थानमा पनि जोखिमयुक्त रहने भएकाले रिभर गाइड साथमा अनिबार्य रहने व्यवस्था कानुनमा समेत रहेकोले कानुन अवलम्बन गरिदिन समेत आग्रह गरेका छन ।
नाराले सम्पुर्ण राजदुतावासहरु, पर्यटन मन्त्रालय, पर्यटन बिभाग, पर्यटन बोर्ड, नेपाल प्रहरी, नेपाल पर्यटन प्रहरी तथा स्थानीय सरकारहरुलाई समेत यस साहसिक खेलमा स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई नियम अनुरुप जलयात्रा गर्न गराउन आग्रह गरिएको अधिकारीले जानकारी दिएका छन ।