Logo

सकियो पाँचौ अन्तरराष्ट्रिय माउन्टेन फेस्टीवल, म्याराथन प्रतियोगितामा होमलाल श्रेष्ठले पाए १ लाख

सकियो पाँचौ अन्तरराष्ट्रिय माउन्टेन फेस्टीवल, म्याराथन प्रतियोगितामा होमलाल श्रेष्ठले पाए १ लाख



काठमाडौं । नेपाल पर्बतारोहण संघको आयोजनामा संचालन भएको पाँचौ अन्तरराष्ट्रिय माउन्टेन फेस्टीवल बुधबार सम्पन्न भएको छ ।

हिमाली क्षेत्रका समुदायहरुको परम्परागत सांस्कृतिक, नाचगान र झाँकी सहित खेल पर्यटनको विकास गर्ने उद्देश्यले गरेको उक्त महोत्सव बुधबार सम्पन्न भएको हो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दे आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सुखि नेपाली समृद्ध नेपालको नारालाई आत्मसाथ गर्दे महोत्सवले समूदायमा रहेको पहिचानलाई स्थापित गर्नका निम्ती कोसेढुङ्गा सावित भएको बताएका छन ।

एनएमएका अध्यक्ष सन्तबिर लामाले पाँचौ संस्करणको महोत्सवलाई सफल बनाउनका लागि नेपालका बिभिन्न शहर र विभिन्न देशबाट आएका स्वदेशी र बिदेशी दर्शकहरुप्रति आभार ब्यक्त गर्दै महोत्सवको आगामी संस्करणलाई अझै बृहत रुपमा लैजाने बताएका छन ।

३ दिन सम्म चलेको उक्त महोत्सवमा एनएमए बैकुण्ठ मानन्धर म्याराथन, टोनी हेगन पेन्टिङ तथा तारो (आचार्य) हान्ने प्रतियागिता संचालन भएको थियो ।

एनएमए बैकुण्ठ मानन्धर म्याराथन प्रतियोगितामा प्रथम हुने होमलाल श्रेष्ठले नगद एक लाख रुपैयाँ हात पारेका छन भने दोस्रो र तेस्रो हुने कृष्ण बस्नेत र खगेन्द्र भट्टले क्रमशः ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गरेका छन ।

त्यसतै एनएमए टोनी हेगन पेन्टिङमा अलिता गुरुङ र ज्योती गुरुङ प्रथम भएकी छिन भने तारो हान्नेमा सुदिन गुरुङ, राजेश गुरुङ र सुरेन्द्र शाही बिजेता भएका छन् ।

अन्तरराष्ट्रिय पर्वतिय संग्रहालय पोखराका प्रमुख शंकर गौतमले महोत्सवसँगै संग्रहालयमा आउने पर्यटकहरुको संख्या बढ्नेमा आफू बिश्वस्त रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL