Logo

अन्तरराष्ट्रिय ग्रेट हिमालयन महोत्सव हुँदै, म्याराथन विजेताले १ लाख पाउने

अन्तरराष्ट्रिय ग्रेट हिमालयन महोत्सव हुँदै, म्याराथन विजेताले १ लाख पाउने



काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले पाँचौं अन्तरराष्ट्रिय ग्रेट हिमालयन महोत्सव गर्ने भएको छ । हिमाली क्षेत्रका समुदायहरुको परम्परागत सांस्कृतिक, नाचगान र झाँकी सहित खेल पर्यटनको विकास गर्ने उद्देश्यले सो महोत्सव गर्न लागेको हो ।

मंसिर २४ गते देखी २६ गते सम्म पोखरामा हुने उक्त महोत्सवमा विज्ञान, प्रविधि, खानाको परिकार, सुचना केन्द्र, बिभिन्न पर्यटकिय वस्तुहरु गरी करिब ३० वटा स्टल रहने आयोजकले जानकारी दिएको छ । ३ दिन सम्म चल्ने उक्त महोत्सवमा एनएमए बैकुण्ठ मानन्धर म्याराथन, एनएमए हिमालयन साईक्लीङ, एनएमए टोनी हेगन टुरिजम पेन्टीङ प्रतियोगिता समेत हुने भएको छ ।

एनएमए बैकुण्ठ मानन्धर म्याराथन प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, दोस्रो ५० हजार र तेस्रोहुने प्रतियोगिलाई २५ हजार रुपैयाँ नगद पुरष्कार रहेको छ । एनएमए हिमालयन साईक्लीङको लागि १ लाख १० हजार रुपैयाँ र एनएमए टोनी हेगन टुरिजम पेन्टीङ प्रतियोगिताको लागि ५५ हजार रुपैयाँ पुरष्कार रहेको आयोजकले जानकारी दिएको छ ।

३ दिन सम्म चल्ने सो महोत्सवमा गुरुङ, मगर, राई, लिम्बु, शेर्पा, थकाली, तामाङ लगायत अन्य जनजाती तथा समुदायको खानाको परिकारलाई समेत पुरष्कृत गर्ने आयोजकले जानकारी दिएको छ । उक्त महोत्सवमा एडमन हिलारी अवार्ड समेत वितरण गर्ने भएको छ भने कुमार खडका साहसिक अवार्ड कोरियन नागरिक होम वाङगेललाई दिने एनएमएका अध्यक्ष सन्तवीर लामाले जानकारी दिएका छन ।

साथै उक्त महोत्सवमा आचार्य (तारो) हान्ने, अन्तरराष्ट्रिय स्तरमा पहुँच पुर्याउन बोल्डरिङ क्लाइम्बिङ समेत रहेको उक्त महोत्सवमा करिब ५० हजार भन्दा बढी अवलोकनकर्ता हुने सो महोत्सवमा करिब ८० लाख रुपैयाँ खर्च हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL