Logo

निगमका कर्मचारीलाई मन्त्री अधिकारीको निर्देशन, हल्लाको पछि नलाग्नु

निगमका कर्मचारीलाई मन्त्री अधिकारीको निर्देशन, हल्लाको पछि नलाग्नु



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमका कर्मचारीलाई अनावश्यक हल्लाको पछि नलाग्न सुझाव दिएका छन ।

मन्त्री अधिकारीले मंगलबार निगमको कर्मचारीहरु सँग छलफल गर्दै हल्लाको पछि नलाग्न सुझाव दिएका हुन । मन्त्री अधिकारीले कुनै पनि विमान कम्पनीको सम्पत्ति भनेको नियमितता र विश्वसनीयता भएको बताउँदै नियमित उडानको परिपाटी बसाल्न निर्देशन समेत दिएका छन ।

निगमको काम कार्वाहीमा चुस्त दुरुस्त राख्दै संस्थाले गतिशिलरुपमा काम गरी ग्राहकलाई आकर्षित गर्न समेत मन्त्री अधिकारीले निर्देशन दिएका छन । वाईडबडीको विषयमा कुरा गर्दै निगमसँग आवद्ध व्यक्तिहरुले सकारात्मक सन्देशद्वारा दरिलो जवाफ दिन समेत सुझाव दिएका छन ।

मन्त्री अधिकारीले भविष्यका कार्ययोजना बनाई त्यसलाई सफलतातर्फ लगेमा संस्थाको हित हुने बताउँदै अनावश्यक हल्लाको पछि नलागी आफ्नो दायित्व निर्वाह गर्दै समय सापेक्ष परिवर्तन देखाउन कर्मचारुहरुलाई निर्देशन दिएका हुन ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भविष्यको कार्ययोजना बनाई अघि बढ्ने लक्ष्य र व्यवस्थापन सुधार सहित निगमसँग भएका विमानहरुको पूर्ण उपयोग गर्ने बताए ।

भएका श्रोत साधनको अधिकतम उपभोग गर्ने बताउँदै प्राविधिक मर्मत संभारमा सुधार गरी विमानलाई भूमिस्थ हुन नदिने समेत खरेलले मन्त्री अधिकारीलाई जानकारी गराएका छन ।

उनले आगामी ३ महिना भित्रमा सबै विमानलाई नियमित उडानमा ल्याउने र लामो गन्तव्यमा पनि सेवा थपिने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL