काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ९ महिनामा जति काम हुनु पर्ने हो त्यती काम भएको बताएका छन ।
मंगलबार प्रज्ञा प्रतिष्ठानमा सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रम ओलीले सो कुरा बताएका हुन । प्रम ओलीले भने ९ महिना विति सक्यो एयरर्पोट किन बनेन भनेर मैले सुनेको छु ९ महिनामा दुनियाँको कुन कुनामा एयरर्पोट बनेको छ ? उल्टै प्रश्न गरे ।
प्रम ओलीले सरकारले ९ महिनामा जति काम गर्नु पर्ने हो त्यतीनै काम गरेको बताउँदै आफ्नो नीति र कार्यक्रम अनुसार काम गरिरहेको दावी गर्दैै जनता निराश हुनुपर्ने अवस्था नभएको दाबी गरेका छन ।
उनले मेलम्ची खानेपानी आयोजना पनि किन पूरा भएन भन्ने आलोचना आफूले सुनेको बताउँदै प्रम ओलीले सरकार गठन भएपछि अहोरात्र खटेर काम गरेको बताएका छन ।
सरकार नीति, कार्यक्रम र भिजनमा स्पष्ट रहेको र कार्यान्वयनको दिशामा रहेको उनले बताएका छन । हामी परिमाणमा जान चाहन्छौं । जनताले देखाएको बाटोमा नेपाल हिँड्छ प्रम ओलिले भने ।