Logo

२० दिन देखि ग्राउण्डेड अन्नपूर्ण बिहीबारबाट संचालन, एनए ६० जहाज बुधबार उडाउने निगमको तयारी

२० दिन देखि ग्राउण्डेड अन्नपूर्ण बिहीबारबाट संचालन, एनए ६० जहाज बुधबार उडाउने निगमको तयारी



काठमाडौं । नेपाल वायुसेवा निगमको ग्राउण्डेड नयाँ वाईडबडी ‘अन्नपुर्ण’ अझै मर्मतकै क्रममा रहेको छ । आईतबार संचालनमा ल्याउने तयारी गरेको सो जहाजको ‘पिटोटिक स्टाटिक टेस्ट’ गर्नु पर्ने भए पछि बिहीबारमात्रै उडाउने तयारी गरेको निगमले जानकारी दिएको छ ।

निगमले उक्त वाईडबडी गत बुधबारनै उडाउने भने पनि जहाजमा बिभिन्न समस्या आए पछि अझै उडाउन सकेको छैन । कात्तिक २२ गते देखि ग्राउण्डेड भएको सो जहाजको ब्रेक सिस्टममा खराबी आए पछि मर्मतको लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २० दिन देखि ग्राउण्डेड रहेको छ । ‘पहिलो चरणमा ब्रेक सिस्टममा खराबी आयो त्यसलाई बनायौ, फेरी जहाजको ढोकामा समस्या आयो त्यो पनि बनाईयो,’ निगमका प्रवक्ता अशोक सिग्देलले भने, ‘अहिले फेरी पिटोटिक स्टाटिक टेस्ट गर्नु पर्ने भएकाले जहाज ग्राउण्डेड भएको हो ।’

दैनिक करोड रुपैयाँ भन्दा बढी घाटामा रहेको निगमले उक्त जहाज गत बुधबार देखि संचालमा ल्याउने बताउँदै आए पनि पटक पटक भाका राख्दै आउने बिहीबारको लागि भाका राखेको छ ।

निगमले सो जहाज संचालनमा ल्याउन पहिलो पटक मंसिर ५ र ९ गते आईतबार गर्दै बिहीबारको लागि अर्को मिति राखेको हो । निगमसँग पिटोटिक स्टाटिक टेस्ट टुल्स नभएकाले लण्डनबाट मगाउनु पर्ने भए पछि उक्त जहाज उडाउने दिन पनि सर्दै गएको निगमले जानकारी दिएको छ । सोमबार उक्त टुल्स आईपुगेको भन्दै अब भने बिहीबार पक्का जहाज उडाउने निगमले जानकारी दिएको छ ।

त्यस्तै निगमले ग्राउण्डेड एनए ६० जहाज भने बुधबारबाटै संचालनमा ल्याउने तयारी भईरहेको जानकारी दिएको छ । हाल मर्मतको क्रममा रहेको अर्को एनए ६०, वाई १२ जहाज २ वटा र एक ट्वीनअटर भने आउन केही समय लाग्ने निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्